लौकही । सुनसरीका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका किसानहरुले विभिन्न तरकारी खेती गर्दै वार्षिक लाखौं आम्दानी गरिरहेका छन् । खासगरी सुनसरीका दक्षिणवर्ती क्षेत्रका किसानहरुले काउली, बन्दा,गोलभेडा, आलु, करेलालगायतका खेतीबाट मनग्ये आम्दानी गरिरहेका पाइन्छन् ।

स्वदेशमै व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवाहरू विदेशीने क्रम रोकिएको छैन । तर,विदेशबाट फर्केर कृषि कर्ममा लागेका कोसी गाउँपालीका ५ का सहाबुद्दिन हक युवाहरूका लागि प्रेरणा बनेका छन् । सन २०१० देखि २०१९ सम्म कतारमा बसेका उनी त्यहाँबाट प्राप्त आम्दानी र श्रमबाट सन्तुष्ट नभएपछि गाउँमै आएर कागती खेती गरिरहेका छन् । अर्काको भूमिमा पसिना बगाउनुको साटो स्वदेशमै केही गरौं भन्ने उद्देश्यले गाउँमा एकबिघा जग्गामा कागती खेती गरेका उनी वार्षिक लाखौं कमाउने गरेका छन । त्यस्तै कोशी गाउँपालीका वार्ड नम्बर ५ स्थित कुम्याहीका असगर अली दुई बिघा क्षेत्रफल जग्गामा कागती खेतीसँगै यसवर्ष १० कठ्ठा जग्गामा लगाइएको खेतीबाट ८० क्विन्टल आलु उत्पादन गर्दै दुईलाख बढी आम्दानी गरे । २०६५ साल भदौ २ गते आएको बाढीले हजारौं किसान प्रभावित भएपछि बालुवामय जग्गामा कागतीसँगै अन्य खेत गर्न थालिएको हो । १३ वर्षअघि आएको बाढीले ३१ सय बिघा क्षेत्रफल बालुवामय भएकोमा उल्लेखनीय सुधार आएको थिएन । राजस्थान मोडेल खेती समेत भनिएको उक्त बालुवामय जग्गामा सहाबुद्दिनसँगै कोसी गाउँपालीका ५ का स्थानीय किसान असगर अलिले दुईबिघामा, महम्मद युसुफले १० कट्ठामा,मजहरुल मियाले १ बिघामा अशोक अलीले १० कट्टामा र ऐनामुल हकले ५ कट्ठा जग्गामा नमुना कागती खेतीसँगै मौसमी र बेमौसमी खेती गर्दै आत्मनिर्भर बनेका छन् । बालुवामय जग्गामा स्थानीय तहको सहयोगमा नमुना कागती खेती सुरु गरिएको हो ।

बाढीले बालुवामय जग्गा सदुपयोग गरिने उद्देश्यले अढाई वर्ष वर्षअघि गरिएको राजस्थान अवलोकन भ्रमण खेतीपाती गर्न उपलब्धिमूलक भएको किसान असगर अलीको बताउने गरेका छन् । कोशी गाउँपालीका क्षेत्रका जग्गा बालुवामय भएको अवस्थामा राजस्थानका कृषि बिज्ञहरुले माटो परिक्षण पश्चात् अनार, लोका, कागती, बदाम,बयर खेती हुनेबारे जानकारी गराएपछि कोशी गाउँपालीकाको कागतीसँगै विभिन्न खेती सुरु गरेका हुन । भारत राजस्थानका कृषि बिज्ञहरुले दिएका सुझावअनुसार कम लगानीमा मौसम अनुसारको खेती गरिएकाले किसानको जीवनस्तर उकास्न सहज भएको कृषि कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । बाढीबाट प्रभावित हजारौं किसान पूर्वअवस्थामा फर्कन संघर्षरत रहेको अवस्थामा तरकारी खेतीबाट यहाँका किसान आत्मनिर्भर बन्दै गएको उनको भनाइ छ । गाउँपालीकाले किसानलाई पूर्वअवस्थामा फर्काउन तथा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्ने योजनाअनुसार किसानलाई आवश्यक सबै सहयोग गर्दै आएको अध्यक्ष अन्सारीले बताए । एकसिजनमा कागती र अन्य तरकारी बेचेर ३ देखि ४ लाखसम्म कमाइ हुने गरेको छ भने वार्षिक १० लाखदेखि १२ लाखसम्म आम्दानी हुने गरेको किसानहरु बताउँछन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








