लौकही । कोसी गाउँपालीकाले अतिविपन्न वर्गका किसानलाई आर्याआर्जन वृद्धि गर्ने उद्देश्यले बाख्रा र बंगुर वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत तालिम प्राप्त कृषकलाई बाख्रा र बंगुर वितरण गरिएको हो । कोसी गाउँपालीकाका फोकल पर्सन राजकिशोर मेहताका अनुसार कोसी गाउँपालीका वडा नम्बर १ का २५ जना बंगुर पालक किसानलाई बंगुर तथा कोसी गाउँपालीका वडा नम्बर ५ स्थित प्रभाकर टोलका २२ जना बाख्रापालक सदा र डोम समुदायका किसानलाई बाख्रा र बंगुर वितरण गरिएको हो ।

विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उन्नत जातको बाख्रा र बंगुर वितरण गरिएको कोसी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगालले जानकारी दिए । अनुदानमा दिइएको बाख्रा र बंगुरबाट किसानको जीवनस्तरमाथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी उदाहरणीय बन्न किसानलाई सुझाव समेत दिए । बाख्रा र बंगुरपालक किसानलाई व्यावसायिक पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बाख्रा र बंगुर वितरण गरिएको हुँदा त्यसबाट कृषक लाभान्वित हुने कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले विश्वास व्यक्त गरे ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








