ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

हरिनगरको बजेट ५७ करोड ८७ लाख

शिक्षा र कृषि प्राथमिकतामा

आवर कोशी by आवर कोशी
असार ५, २०७९
हरिनगरको बजेट ५७ करोड ८७ लाख
30
SHARES
Share on FacebookShare on Twitter

भुटाहा । हरिनगर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ५६ करोड ८७ लाख २४ हजार ९ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । हरिनगरा गाउँपालीका ४ स्थित बासुकी नाथ मन्दिरको सभाहलमा शुक्रबार आयोजित गाउँ सभा हरिनगर गाउँपालिकाकि उपाध्यक्ष रिमझिमकुमारी भगतले उक्त बजेट प्रस्तुत गरेकी हुन् । हरिनगर गाउँपालिकाको नियमित गाउँ सभाको पहिलो र दोस्रो बैठकमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पेश गरेको नीति तथा तथा कार्यक्रम सर्वसम्मतले पारित भएको थियो । सोही अवसरमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको उपस्थितिमा गाउँ कार्य कार्यपालिका सदस्य सुशीलकुमार ठाकुरले ५६ करोड ८७ लाख २४ हजार ९ सय रुपैयाँ बराबरको वार्षिक बजेट निती तथा कार्यक्रम सार्वजनिक गरेका थिए । हरिनगर गाउँपालीकाले आगामी आर्थिक वर्षको लागि चालु खर्चतर्फ ३५ करोड ६ लाख २४ हजार ९ सय रुपैयाँ र पुजीगतखर्चतर्फ २१ करोड ८१ लाख गरी ५६ करोड ८७ लाख २४ हजार ९ सय बराबरको वार्षिक बजेट निती तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालीकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले कृषिको विविधीकरण,आधुनिकीकरणमा विशेष प्राथमिकता दिदैं किसानलाई उन्नत बीउविजन र रैथाने बीउ उपलब्ध गराउनुका साथै वास्तविक किसानको पहिचान गरी अनुदान प्रदान गर्न कार्यविधि बनाएर लागू गर्ने नीति लिएको छ ।‘एक गाउँ एक प्राविधिक’ कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याइने नीति गाउँपालिकाको कार्यालयले लिएको अध्यक्ष अन्सारीको भनाइ छ ।

यसैगरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पालिका अस्पताल स्थापना गरी दीर्घरोग तथा अन्य रोगनिदान, ल्याब र एक्सरेलगायत सेवालाई सुनिश्चिता गर्दै शैक्षिक गुणस्तर कायम गर्न विद्यालयका भौतिक पूर्वाधार, सूचना प्रविधिको प्रयोग, समुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातमा दिइने अनुदानमा वृद्धि, तथा पहिलो चरणमा माध्यामिक विद्यालयमा इ–हाजिरी लागू गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै स्थानीयवासीको आवतजावतमा सहजता ल्याउनका लागि सडक, नालामा झोलुङ्गे पुल निर्माण, प्रत्येक निर्माण तथा पूर्वाधार विकासमा विपद्जोखिम आंकलन गरी प्रकोप न्यूनीकरणका उपायलाई प्रभावकारी रुपमा कार्यान्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । हरिनगर गाउँपालिकामा शहरी विकास तथा भवन निर्माण मापदण्ड स्थानीय परिवेशका आधारमा लागू गरी भवन निर्माण नक्सा पूर्वस्वीकृत गर्ने कार्यलाई कडाईका साथ लागू गरिने उल्लेख गरिएको छ । कोभिडबाट पीडित तथा प्रभावित परिवारका बालबालिकाको संरक्षणको व्यवस्था गर्ने नीति लिइएको छ ।

गाउँपालिकाले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने, १५ शय्याको अस्पताल सञ्चालन गर्ने, पूर्ण पोषणका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन, बाल स्वास्थ्य, परिवार स्वास्थ्य, रोग नियन्त्रणका कार्यक्रम, महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन, स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन तथा गुणस्तर सुधार गर्ने, स्वास्थ्य सूचना प्रणाली, स्वास्थ्य शिक्षा, निःशुल्क औषधि तथा व्यवस्थापन, यौन तथा एड्स रोग नियन्त्रण र कोभिड १९ को प्रतिकार्य कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । यसैगरी भौतिक पुर्वाधार विकासका लागि ग्रामीण सडक विकास, पुलपुलेसा निमार्ण, विद्युतीकरणमा जोड, कालोपत्र भएका सडकमा ढलको विकास, बस्ती व्यवस्थित गर्ने, अपाङ्ग, महिला, ज्येष्ठ नागरिक मैत्री भवन निमार्ण, भवन संहिता कार्यान्वयन, वडा कार्यालयका भवन निर्माण र एक स्थानीय तह एक नीति गाउँपालिकालेक लिएको छ । सामाजिक विकासका लागि सबैका लागि, सधैका लागि शिक्षा नारालाई मूर्तरुप दिन बालबालिकाको पहुँच बढाउने, शैक्षिक गुणस्तर सुधार गर्न सूचना र सञ्चार प्रविधिको प्रयोगमा जोड दिने, विद्यालय अनुगमन सुपरीवेक्षणमा जोड दिने, कार्य सम्पादनमा उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरी प्रोत्साहन गर्ने नीति लिएको छ ।

यस्तै लक्षित वर्गका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने, कुसँस्कार र कुप्रथालाई हटाउँदै असल सामाजिक चालचलनको संस्थागत विकास गर्ने, लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि उचित तथा विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाको मापदण्डमा रहेकालाई सेवामा प्रभावकारिता बढाउने, पालिकास्तरमा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड, कृषि यान्त्रिकीकरण, कृषि उपज बजारीकरण तथा प्रर्वद्धन, बीउ उत्पादन, सहकारी विकास, उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दीगो विकास, किसानलाई प्रोत्साहन, उद्यमशिलता, स्वरोजगारी, पशु विकासतर्फ छाडा पशुचौपायामा भ्याक्सिनेसन, पशुको नश्ल सुधार र पशु बिमामा जोड दिइने नीति हरिनगर गाउँपालिकाको कार्यालयले लिएको छ ।

वन वाताबरण तथा विपद् व्यवस्थापनका लागि स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गरी प्रतिफलमा आधारित योजना सञ्चालन गर्ने, जलवायु अनुकूलन तथा भूक्षय नियन्त्रण कार्यक्रम, दमकल, एम्बुलेन्स तथा शवदाह गृह र मसानघाट निर्माण, विपद् सामग्री भण्डारण गोदाम निर्माण, वृक्षारोपण कार्यक्रम, वायोग्याँस प्लान्ट अभियानका रुपमा सञ्चालन, प्राकृतिक स्रोत उत्खनन्को नियमन एवम् वन पैदावारबाट लघु उद्यम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । त्यस्तै गाउँपालिकाले सामाजिक सुरक्षा, संस्थागत विकास तथा सुशासनका लागि विद्युतीय प्रणालीबाट सेवा सञ्चालन, कर्मचारीको क्षमता विकास, समयमा कर बुझाउनेलाई कर छुटको व्यवस्था, गाउँ प्रहरीको व्यवस्था, कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था, कर्मचारीको मनोबल बढाउने कार्यक्रमलगायत सञ्चालन गरिने नीति लिएको छ । यसैगरी धर्म सँस्कृति र कला संरक्षण, खानेपानी तथा सरसफाइ, सूचना तथा प्रविधिमा समेत जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.