इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली काङग्रेस सुनसरीका सभापति केदार भण्डारीले नगर प्रमुख भण्डारीले आगामी दिनमा स्वास्थ्य सेवालाई जनताको घर घरसम्म पुर्याउने बताएका छन् । इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरको स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । स्वास्थ्य क्षेत्रलाई महत्वका साथ हेरिरहेको बताउदै मेयर भण्डारीले आउने दिनमा स्वास्थ्य क्षेत्रलाई विशेष योजनाका साथ तथा प्रथमिकतामा राख्ने बताए ।

बिभिन्न सूचक पूरा गरेर स्वास्थ्य चौकीको सेवा क्षेत्रमा पोषणको अबस्थामा उपलब्धी मिलेपछी स्वास्थ्यचौकीलाई सो क्षेत्रका नागरिक, आमा र बच्चाको पोषणको अबस्थामा ल्याएको सुधार र यसको निरन्तरतालाई टिकाइ राख्ने गरि पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । एउटा स्वास्थ्य चौकी पोषण सम्बन्धी विभिन्न सुचक पूरा गरेपछि नगर नै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको छ । इनरुवा नगरपालिका १० को जल्पापुर स्वास्थ्य चौकीलाई नेपाल सरकारले विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय मापदण्डबाट तयार पारेको सुचकहरु पूरा गरिएकाले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको स्वास्थ्य शाखाका निखिल पोखरेलको भनाइ छ । नेपाल सरकारले निर्देशित गरेको बिभिन्न सुचाङकलाई आधार मानेर पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भएको उनले बताए ।
स्वास्थ्य चौकीले विभिन्न १५ सुचकमा तथा पोषण अभियानलाई चुस्तदुरुस्त पार्दै अद्यावधिक गरेपछि पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । स्वास्थ्य चौकीमा नियमित बच्चाको वृद्धि अनुगमन गरेको, आइरन चक्की खाएका महिला, सुत्केरी पछि आइरन र भिटामिन ए खाएका स्वास्थ्य संस्थामा सुत्केरी हुने पोषण रजिष्टरमा पोषण सम्बन्धी सबै सुचना रेकर्ड राखिएको, पूर्ण स्तनपान गराउने, पोषण सम्बन्धी औषधी र सामाग्री पुर्ण रहेको, जुकाको औषधि खाएको कुपोष्ति बालबालिका नरहेको, ६ महिनापछी दूध सहित अन्य पौष्टिकको मापदण्ड अनुसार आहार खुवाएको सुनिश्चित भएको, विद्यालय स्वास्थ्य पोषण अन्तर्गत जुकाको औषधि खाएको, स्वास्थ्य सस्थामा पोषण कर्नर र आमा र शिशुलाई नियमित परामर्श गरिएको साथै तथ्यांक चुस्त दुरुस्त राखिएको जस्ता सुचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको बताइएको छ ।








