ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

इनरुवामा इन्सेकको अर्धवार्षिक समीक्षा

आवर कोशी by आवर कोशी
असार ५, २०७९
इनरुवामा इन्सेकको अर्धवार्षिक समीक्षा
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हरे क्षेत्रमा वृहत अनुमगनको आवश्यकता रहेको बताएका छन् । जिल्ला सदरमुकाम इनरुवामा शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दा उनले सबै पक्षको संयुक्त अनुगमन गरेर सुशासन कायम गर्न सकिने बताए । प्रजिअ यादवले गैरसरकारी संस्थासंगको समन्वयमा सबै क्षेत्रको अनुगमन गर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा इन्सेकले जनवरीदेखी हालसम्म अभिलेखित घटानहरुको पुष्टि तथा पुनःपुष्टिका लागि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको जनाएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले २०७८ पुस १७ गतेदेखि ०७९ जेठ मसान्तसम्म अभिलेख गरेका मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका ७० ओटा घटना प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लामा २ सय २३ आधारभूत र १ सय ४९ माध्यमिक विद्यालय छन् । यहाँ २ हजार ७ सय २८ शिक्षक दरबन्दी रहेकामा ४० ओटा दरबन्दीका शिक्षक अभाव रहेको छ भने विधार्थी अनुपातमा मावि तहका ३० विधालय मावि शिक्षक विहिन रहेको उल्लेख गरेको छ । स्वास्थ्य अधिकारमा जिल्लाका १२ वटै पालिकाको १२४ वटा वडामा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य ईकाई रहेको भएपनि स्वास्थ्यकर्मीहरु कार्यालय समयसम्म नबस्ने, निशुल्क भनिएको औषधी आपुर्ती र वितरण पूर्ण रुपमा नगर्ने, प्रसुति गृहहरु उद्घाटन भएको तर संचालन नगरेको स्थिती रहेको उल्लेख गरेको छ । खोप कार्यक्रमहरुमा स्वास्थ्य मापदण्ड न अप्नाईएको स्थिती समेतलाई औल्याएको छ । इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गरेको प्रतिवेदनमा मानवअधिकार हनन तथा उलंघनमा छ महिनाको अवधीमा बम विस्फोटका घटना १ ,चुनावका बेला ४ जना माथि आक्रमण, महिला अधिकारमा बहुविवाह १२ , बलात्कार १४ , घरेलु हिसाँ ४७ वटा रहेको उल्लेख गरेको छ । त्यसैगरी बालअधिकारमा बालिका बलात्कार ३४, यौन दुरुपयोग तथा बाल हिसाँ २२, अपहरण तथा शरिर बन्धकका २, बालविवाहका ३, बेचबिखनको प्रयासमा १ घटना अभिलेख गरेको जनाएको छ ।

कार्यक्रममा मानव अधिकारकर्मी रमेश भट्टराईले बाँच्न पाउने अधिकार तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सहज पहुँचबाट दलित तथा विपन्न समुदाय वञ्चित रहेको बताए । सामाजिक अभियन्ता चुन्नी खातुन सोनियाले मानव अधिकारका घटनामा सामुहिक आवाज नउठेका कारण विपन्न,सीमान्तकृत र दलितमाथि एकपछि अर्को हिंसाका घटना भइरहेको बताइन् । खातुनले खानेपानी, स्वास्थ्य र शिक्षामा राज्यको ध्यान जानुपर्ने र इन्सेकले जनचेतनामुलक कार्यक्रम पनि गर्नुपर्नेमा जोड दिएकी थिइनँ । कार्यक्रममा सहभागी अधिकारकर्मी सरिता कार्की घिमिरेले महिला हिसाँ, बाल हिसाँ र घरेलु हिंसामा महिला र बालबालिकाहरु बढी पीडित हुने गरेको र उक्त घटनामा मिलापत्र गराएका कारण पुनः घरेलु हिंसा पीडित महिला थप हिंसामा पर्ने गरेको बताइन् । उनले सचेतनामुलक कार्यक्रम रकानुनलाई पूर्ण कार्यान्वयन गर्ने तर्फ ध्यान दिन जरुरी रहेको बताइन् । सहभागी तोया गिरी र ओरेककी शान्ती दनुवारले घरेलु हिंसा पीडित महिलालाई सुरक्षित आवासको व्यवस्था आवश्यक रहेको बताइन् । मानव अधिकार समूह भोक्राहा नरसिंहका अध्यक्ष नुनुलाल साहले मानव अधिकार संविधानको मौलिक हकमा व्यवस्था भएकोले उक्त अधिकार प्राप्त गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको तर कार्यान्वयन फितलो रहेको बताए । नागरिक समाजका अध्यक्ष पुरुषोत्म घिमिरेले मानव अधिकारको घटनामा कुनैपनि व्यक्ति हिरासतमा हुँदा केहि सूचनाको लागि जाँदा प्रहरी प्रशासनले धेरैजसो सूचना नदिने गरेको गुनासो गरे ।

नागरिक अगुवा तथा शिक्षा विज्ञ खेमराज पोखरेलले स्वास्थ्य विमालाई सरल बनाउनुपर्ने र रेफर गर्ने चलन भन्दा सेवाग्राही विरामीलाई विमा कार्डको आधारमा रेफर विना नै सेवा दिनुपर्ने बताए । कार्यक्रमका सहभाग सुधा तिम्सिनाले जसको अधिकार उसैको सवाल रहेमा मात्र देश विकास हुने र सबैले सहज अधिकार प्रयोग गर्न पाउने बताइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर दलबहादुर राईले पीडितको न्यायको लागि प्रहरीले पूर्ण रुपमा काम गरिरहेको दाबी गरे । सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले कुनैपनि घटनाको सार्वजनिक गर्न, निश्चित समय वा नियम हुने हुनाले जसले जतिबेला,जाँहा पनि सूचना माग्ने र दिने भन्ने हुदैन, त्यसको नियममा रहेर आउन र त्यसका लागि आफूले सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेले नागरिकको समस्या समाधान र समन्वयका लागि आफूहरु सधै नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.