ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जनप्रतिनिधि भन्छन् – हिजो हिँड्यौं, अब दौडन्छौं

आवर कोशी by आवर कोशी
असार ६, २०७९
जनप्रतिनिधि भन्छन् – हिजो हिँड्यौं, अब दौडन्छौं
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोसी गाउँपालिकामा नेपाली काङ्ग्रेस पार्टीका ऐयुब अन्सारी स्थानीय तह निर्वाचनबाट दोस्रो पटक निर्वाचित भए । गाउँपालिकाको अध्यक्षमा दोहोरिएसँगै उनी अगामी नीति, कार्यक्रम तथा बजेट बनाउनमा सक्रिय छन् । पहिलो कार्यकालको अनुभवको उपयोग गर्दै कोसीको विकास र समृद्धिको लक्ष्यअनुसार काम गर्ने अठोट उनी व्यक्त गर्छन् । ‘कोसीबासीले मलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेपछि पहिलो कार्यकालमा बटुलेको अनुभवको सदुपयोग गर्दै अधुरा कामलाई निरन्तरता दिने र नयाँ काम थालनी गर्ने योजना बनाएको छु,’ अध्यक्ष अन्सारीले भने, ‘पर्यटन प्रवद्र्धनसँगै पूर्वाधार निर्माण र गरिबी न्यूनीकरणका साथै शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकताका साथ सञ्चालन गर्छौं ।’ उनले रोजगारीका लागि भारत र खाडी मुलुक धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएका छन् । खासगरी कृषि पर्यटन, पशुपालन तथा स्थानीय साधन श्रोत उपयोग गरेर रोजगारी सिर्जना गर्न सकिने उनी बताउँछन् ।

हरिनगर गाउँपालिकाको अध्यक्षमा गफार मियाँ अन्सारी पनि लगातार दोस्रो पटक निर्वाचित भए । ‘हामी आफूले गरेका कामका आधारमा पुनः जनताबाट अनुमोदित भएका छौँ,’ नेपाली काङ्ग्रेस पार्टीबाट निर्वाचित उनले भने, ‘अब काम गर्ने सवालमा कुनै समस्या हुदैन । किनभने हामीले सिक्नुपर्ने छैन, विगतको समीक्षा गरेर अपुग कुरालाई सुधार गरे पुग्छ ।’ संघीयताको नयाँ अभ्यासका कारण पहिलो पाँच वर्षको कार्यकालमा काम गर्न निकै चुनौती खप्नुपरेको उनीहरू बताउँछन् । अघिल्लो कार्यकालमा हिँडेको तर अब दौडन सकिने अन्सारीको टिप्पणी छ । ‘कार्य सम्पादन मूल्याङ्कनमा हाम्रो गाउँपालिका ७५३ स्थानीय तहमध्येकै उत्कृष्ट दोस्रो बनेको छ । त्यस कारण अब हामी दगुर्छौं भन्ने विश्वास छ,’ कोसीका अध्यक्ष अन्सारीले भने । उनले शिक्षा र कृषिसँगै पूर्वाधारको विकास, सेवा प्रवाह सहज बनाउने, स्थानीय उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना जस्ता कामलाई प्राथमिकता दिने बताएका छन् ।‘पाँच वर्षमा सिकेका सकारात्मक कुरालाई आत्मसाथ गर्दै अघि बढ्छु, काम गर्ने क्रममा भोगेका कर्मचारी अभाव, जनप्रतिनिधिबीचको समन्वयको अभावजस्ता समस्या हल गर्नेछु’, हरिनगरका अध्यक्ष गफार अन्सारी भन्छन्, ‘पुराना अनुभवको उपयोग र नयाँ सिकाइका माध्यमबाट समृद्ध हरिनगर गाउँपालिकाको आकांक्षा पूरा गर्न प्रतिबद्ध छौं ।’

‘कोसीबासीले दोस्रो कार्यकालका लागि हामीलाई दोहोर्‍याउनुले सापेक्ष रुपमा कोसीको समृद्धिको अभियानलाई पूरा गर्न सफल भएको संकेत गर्छ,’ अध्यक्ष ऐयुब अन्सारीले भने, ‘अब बाँकी रहेका काम कारवाहीलाई व्यवस्थित ढंगले अघि बढाएर यहाँको समग्र विकासका लागि दिएको मौकालाई सुवर्ण अवसरका रुपमा लिएर काम गछौं ।’ कोसीको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य,कृषि,खानेपानी लगायतका आधारभूत सेवाको विस्तार जस्ता कामलाई मुख्य प्राथमिकतामा राखेर संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा काम गर्ने उनी बताउँछन् । ‘विगतका अधुरो काम पूरा गर्ने, केही नयाँ कामको थालनी गर्नुपर्ने चुनौती हामीसँग छन् । यिनलाई पूरा गर्न प्रतिबद्ध छु’ कोसीका अध्यक्ष अन्सारीले भने ।’ हरिनगर गाउँपालिकाको अध्यक्षमा पुनः निर्वाचित भएका गफार अन्सारीले पहिलो कार्यकाल नीति, नियम, ऐन, कानून निर्माण गर्न धेरै समय लागेको बताउदै अब तिनै ऐन, कानूनका आधारमा विकास, निर्माणका कामलाई थप तीव्रताका साथ अघि बढाउने योजना बनाएको उनी सुनाउँछन् । ‘अघिल्लो कार्यकाल संघीयताको नयाँ अनुभव लिँदै, ऐन कानून बनाउँदै संरचनागत प्रणालीबारे बुझ्ने चरण हामीले पार गरिसकेका छौं,’ उनले भने, ‘अब हामी ती अनुभवलाई सही ढंगले प्रयोग गर्दै अगाडि बढ्छौँ ।’ पाँच वर्षको कार्यकालमा समृद्ध पालिका बनाउने जग बसाल्ने काम भएकोमा अब त्यसलाई यो पाँच वर्षमा पूरा गर्ने लक्ष्य लिएको उनी सुनाउँछन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.