ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

अवैध गतिविधि नियन्त्रणमा सशस्त्रको सक्रियता

आवर कोशी by आवर कोशी
असार ६, २०७९
ठुलो परिणाम गाँजासहित सुनसरीबाट तीनजना पक्राउ
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जेष्ठ १८ बुधबार बिहान  सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चतराले भारी परिमाणमा गाँजा बरामद गर्‍यो । बेस क्याम्प चतराका प्रमुख इन्स्पेक्टर निगम राईको नेतृत्वमा खटिएको गस्ती टोलीले बराहक्षेत्र नगरपालिका २ खयरटापुमा ११ वटा खाल्डो खनेर गाडेको अवस्थामा ११ बोरा गाँजा नियन्त्रणमा लियो । यद्यपि कस्ले त्यसरी गाडेर राखेको भन्ने बारेअझै खुल्न सकेको छैन । यसैगरी२०७८ साल वैशाख १४ गतेराती सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईंको नेतृत्वमा खटिएको टोलीले १ सय ४८ केजी गाँजा बरामद गर्न सफल भएको थियो । 

त्यतिबेला धनकुटा ल्याएर प्रदेश १ -०२००१ ख ८६१४ नम्बरको मिनि ट्रकमा भारततर्फ लाने तयारी अवस्थामा राखेको छ बोरा  गाँजा बरामद गरिएको थियो । गाँजासहित धनकुटा जिल्ला शहिदभूमि गाउँपालीका ४ बस्ने वर्ष ३६ का हेमप्रसाद राई, शहिदभूमि गाउँपालीका २ बस्ने ३६ का हिकमत राई र सोही स्थान बस्ने वर्ष ३५ का आशिष राई पक्राउ परेका थिए । सशस्त्र प्रहरी बल सुनसरीका एसपी हुमागाईको नेतृत्वमा खटिएको टोलिले भोक्राहा नरसिंह क्षेत्रबाट प्रदेश १ -०२००१ ख ८६१४ नम्बरको मिनि ट्रकबाट १४८ केजी गाँजासहित चालक हेमप्रसाद राईलाई नियन्त्रणमा लिएपछि  को ४० प २२११ नम्बरको मोटरसाइकलमा पाँचलाख रुपैयाँसहित मिलाउन भन्दै आएका हिकमत राई र आशिष राई लाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनीहरूलाई छानबिनको जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । यी केही उदाहरण मात्र हुन । पछिल्लो समय भारतसँग खुला सीमा जोडिएको प्रदेश नम्बर १ का सुनसरी,मोरङ,झापा सहितका जिल्लाहरुमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि दिनहुँजसो विभिन्न अवैध सामान नियन्त्रणमा लिने क्रम बढेको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म तीन करोड बढीको सामान बरामद गरिएको छ् । भारतीय बजारबाट अवैधानिक तवरबाट चोरीपैठारी गरी ल्याउदै गरेको अवस्थामा सुनसरीको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३३१ मुद्दामा जम्मा तीन करोड ३० लाख ४० हजार ७१३ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो । जसअनुसार चालु आर्थिक वर्षमा सबै बढी सशस्त्र प्रहरीले सामान बरामद गरेको देखिन्छ । वैशाख मसान्तसम्म सशस्त्र प्रहरीले १८३ वटा मुद्दामा एक करोड ३२ लाख १३ हजार ७७० रुपैयाँ बराबरको सामान सुनसरी भन्सार कार्यालयमा दाखिला गरेको छ भने नेपाल प्रहरीले ९० वटा मुद्दामा एक करोड १७ लाख २५ हजार ३०८ रुपैयाँ बराबरको सामान दाखिला गरेको देखिन्छ । यस्तै सुनसरी भन्सार कार्यालयबाट खटिएको गस्ती टोलिले ५८ वटा मुद्दामा ८१ लाख एकहजार ६३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणमा चेतनाको स्तर बढाउने थालनी गरेकोले सशस्त्र प्रहरीलाई काम गर्न सहज भएको सशस्त्र प्रहरी बल सुनसरीका एसपी बिक्रम हुमागाई बताउँछन् । सीमावर्ती क्षेत्रका दुवै देशका नागरिकलाई हामीले भारतीय एसएसबीसँग संयुक्तरूपमा मिलेर सीमामा गर्न हुने गर्न नहुने गतिविधिबारे जागरुक गराउदै आएका छौं उनले भने जसले गर्दा उहाँहरुमा चेतनाको स्तरमा बढेको देखिन्छ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणमा सीमा बस्दा आफ्नो दायित्व र अधिकारबारे जानकारी गराउने थालनी गरेको उनको भनाइ छ । सोही कारण आफूहरूलाई अपराधीक गतिविधि, लागूऔषध एक अवैध हातहतियारको कारोबार, चोरीपैठारी,मानव बेचबिखन जस्ता अवैध गतिविधि नियन्त्रणमा थप सहयोग पुगेको एसपी हुमागाईको कथन छ । नेपाल भारतबीच रहेको सीमा क्षेत्रमा हुने अवाञ्छित र अपराधिक गतिविधि नियन्त्रण गर्दै सशस्त्र प्रहरी सीमावर्ती क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्रियताका साथ लागेको सशस्त्र प्रहरी बल प्रदेश नम्बर १ का प्रमुख डिआइजी कमल गिरीको भनाइ छ् । सीमा क्षेत्रमा हुँदै आएका भनिएको कानुनविपरीतका गतिविधि नियन्त्रणमा लिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी नराख्ने उनको दाबी छ । पछिल्लो समय चोरी तस्करी,लागूऔषध जस्ता सीमावर्ती क्षेत्रमा हुने सीमा अपराध नियन्त्रणमा लिन सशस्त्र प्रहरी सक्रियता साथ लागेको डिआइजी गिरीको भनाइ छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.