इनरुवा । सुनसरीबाट हजका लागि साउदी प्रस्थान गर्ने हाजिहरुलाई विमानस्थलबाट मन्त्री कार्कीद्धारा बिदाई गरिएको छ। पहिलो लटमा हजका लागि साउदी प्रस्थान गर्ने सुनसरी जिल्ला हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारीसहित प्रदेश १ का विभिन्न क्षेत्रबाट धार्मिक तिर्थ यात्रा गर्न साउदी अरबको मक्का मदिनामा जाने नेपाली मुस्लिम हाजिहरूलाई सोमबार बिदाई गरिएको हाे ।

सरकारका प्रवत्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हजका लागि जाने नेपाली मुस्लिम हाजिहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुलमाला र खादा लगाई बिदा गरेका छन् । नेपालबाट यस वर्ष हजका लागि साउदीतर्फ प्रस्थान गर्ने पहिलो हाजि सुनसरीका हरिनगर गाउँपालिकाका अध्यक्ष अंसारी सहित प्रदेश १ का विभिन्न जिल्लाका १०९ जना हाजिहरु हजका लागि साउदीतर्फ प्रस्थान गरेका छन्। देश भरका नेपाली मुस्लिम हाजिहरु चरण-चरण गरी मक्कामा हज गर्न जाने गरिन्छ । त्यहाँ पुगेर इस्लाम धर्म अनुसार विशेष प्रकारको नमाज र प्रार्थना गर्न गरेको र इस्लामकाे ५ स्तम्भ मध्ये एक हज पनि भएकोले हाजिहरु साउदी अरब पुग्ने हज गर्दछन । देशैभरि छरिएर रहेका मुस्लिम समुदायहरुलाई जिल्लास्तरीय हज कमिटिले हज गर्न मक्का जानेहरूलाई सिफारिस गराएर पठाएपछि केन्द्रीय हज कमिटीले कोटा अनुसार हज यात्राको प्रबन्ध मिलाउने गरिन्छ।

विमानस्थलमा सञ्चारमन्त्री सहित काँग्रेसका वरिष्ठ नेताहरु र नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अबदुल सतार, नेपाल मुस्लिम संघका प्रदेश १ का अध्यक्ष डा. इसराईल मंसुरी, नेपाली काँग्रेसका युवा नेता डा. अवुल अंसारी लगायत मुस्लिम अगुवा नेता तथा समाजसेवीहरुले पनि उनीहरूलाई बिदाई गरेका थिए । हरेक वर्ष झैँ यो वर्ष पनि करीब पाँच सय १४ जना नेपाली मुस्लिम हाजिहरुले हज गर्न मक्का पुग्नेछन् । जस अनुसार पहिलो चरणमा सोमबार विहान सुनसरीका ७९ जना सहित प्रदेश १ का जम्मा १०९ जना साउदी प्रस्थान गरेका छन् । यस वर्ष नेपालबाट ५ सय १४ जना नेपाली मुस्लिम हाजिहरु हज गर्न साउदी पुग्ने हज कमिटिले जनाएको छ । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरिका मुस्लिम समुदायहरुले आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ ।हजका लागि विश्वभरिबाट इस्लाम धर्मावलम्बीहरूले मक्का पुग्ने गर्दछन । साेमबार प्रस्थान गर्ने १०९ जना मध्ये प्रदेश १का ३ जिल्ला सुनसरी, मोरङ र झापाका रहेका छन् । इस्लाम धर्मावलम्बीहरूलाई हज गर्न जीवनमा एक पटक जानै पर्ने तीर्थस्थल मानिन्छ ।
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक
मुस्ताक आलम इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...










