इनरुवा । सुनसरीको वराहक्षेत्र नगरपालिकामा मानव बेचबिखन बिरुद्ध चेतनामुलक कचहरी नाटक मञ्चन गरिएको छ । सोमवार वराहक्षेत्र( ७ जंगि चौक स्थित सुर्य फेमेलि पार्टी प्यालेसको सभाहलमा स्थानीय वालबालिका, बिद्यार्थी तथा युबाहरुले नाटक प्रस्तुत गरेका थिए । मानव बेचबिखन बिरुद्ध अभियान रोकथाम नै समधान भन्ने नारा दिएर प्लान इन्टरनेशनल नेपाल र साझा सवालका लाई साझा मञ्च कोकनको आयोजनामा उक्त नाटक प्रस्तुत गरिएको थियो ।

साझा सवालका लाई साझा मञ्च कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलका अनुसार मानव बेचबिखन बिरुद युबाहरुहरुले नाटक मञ्चन गरेका थिए । नाटकको मध्यबाट सुचना प्रबाह गर्ने उद्देश्यले समुदायमा मानव बेचबिखन बिरुद युबाहरुको यात्रा र सहभागीको जिज्ञासा सहितको कचहरी नाटक प्रस्तुत भएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नं ६,७ र ८ का सामुदायिक र संस्थागत बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , उपप्रमुख नन्दकुमारी राई , वडा नं ७ का वडाध्यक्ष कपिल आचार्य , वडा नं ८ का वडाध्यक्ष रोशन खड्का लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







