लौकही । कोसी गाउँपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै कोसी महिला बचत तथा ॠण सहकारी संस्था लिमिटेड र सप्तकोसी महिला बचत तथा ॠण सहकारी संस्था लिमिटेड कोसी गाउँपालीका वडा नम्बर १ लौकहीले स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्दै कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी र उपाध्यक्ष अनितादेवी यादवसहितका जनप्रतिनिधि एवं कर्मचारीहरुलाई मंगलबार लाई सम्मान गरेको हो । त्यसरी सम्मानित हुनेहरूमा कोसीका अध्यक्ष अन्सारी,उपाध्यक्ष यादव,१ देखि ८ नम्बर वडाका वडाध्यक्षहरु,कार्यपालीका सदस्यहरु,वडा सदस्यहरु एवं कर्मचारीको तर्फबाट कोसी गाउँपालीकाका नायब सुब्बा एवं फोकल पर्सम राजकिशोर मेहता र अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास र वडा नम्बर ७ का सचिव रामु शर्मा रहेका छन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आफूले अघिल्लो कार्यकालमा गरेको विकास निर्माणकार्यबाट प्रभावित भएर पुनः गाउँपालीका अध्यक्षमा निर्वाचित गराएको हुँदा आफूमाथि थप जिम्मेवारी बढेको बताए । आफू हरदम र हरपल जनताको मर्म र भावनाअनुसार विकास निर्माणकार्य गर्दै आएको बताउदै उनले भावी दिनमा चौतर्फी विकास गर्न योजना बनाउने गृहकार्यमा आफू केन्द्रित भएको बताए । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाललगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








