इनरुवा । भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ५४ करोड ३७ लाख बढीको बजेट सार्वजनिक ल्याएको छ । “खेतदेखि बजारसम्म आधुनिकता,समुन्नत कृषि सहर भोक्राहा नरसिंहको प्राथमिकता” भन्ने नाराका साथमा दोस्रो गाउँसभाको पहिलो अधिवेशनमार्फत गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले बिहीबार ५४ करोड ३७ लाख ७२ हजार २८२ रुपैयाँ बराबरको बढीको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालयले संघीय सरकारबाट ४२ करोड ५७ लाख ४० हजार,प्रदेश सरकारबाट दुई करोड ३२ लाख ३७ हजार ३४०,आन्तरिक श्रोतबाट नौ करोड ३२ लाख ९२ हजारलगायत गरी चालु खर्चतर्फ ३२ करोड ४८ लाख २२ हजार २८२ र पुजिगत खर्चतर्फ १९ करोड ८९ लाख ५० हजार गरी जम्मा ५४ करोड ३७ लाख ७२ हजार २८२ रुपैयाँ बराबरको बढीको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालीकाले प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रम कृषिसँगै शिक्षा र स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राखिएको छ । आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालीकाका अध्यक्ष आजादले चुनावका बेला गरेका प्रतिबद्धताअनुसार कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रका साथै जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्न सहयोग पुग्ने कुरालाई जोड दिएका देखिन्छन् ।
आफूले चुनावी घोषणापत्रलाई नै आधार बनाएर कृषिलाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा राखेको अध्यक्ष आजादको भनाइ । ‘हामीले पहिलो वर्ष कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं । भोक्राहा नरसिंहको आधार भनेको कृषि नै हो । कृषिको विकास गर्दा सबैको विकास हुन्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘अघिल्लो कार्यकालमा कतिपय जनप्रतिनिधिहरुले गरेका राम्रा र जनअपेक्षा अनुसारका कामहरुलाई समेत निरन्तरता दिएका छौं । नीतिगत हिसाबले गाउँपालीकाबासी जनताको जीवन यापनलाई कसरी सुलभ बनाउन सकिन्छ भन्नेमा केन्द्रित छौं’अध्यक्ष आजादले भने ।
कृषि क्षेत्रको विकासलाई मूख्य प्राथमिकतामा राखि बजेट तथा कार्यक्रम निर्माण गरेको भोक्राहा नरसिंह गाउँपालीकाले कृषि प्राविधिकलाई प्रत्येक कृषकको पहुँचमा रहने व्यवस्था मिलाइने उल्लेख छ । परम्परागत रूपमा खेति गर्ने किसानहरुलाई कृषि समुह, कृषि फर्म दर्ता गरि खेति गर्न प्रोत्साहित गरिनेछ त्यसका लागि सहजिकरण गर्न कृषि शाखालाई टोलटोलमा परिचालित गरिने बताइएको छ । कृषि शाखामा दरबन्दि अनुसारको कृषि प्राविधिक अविलम्ब पदपुर्ति गर्ने/गराउने व्यवस्था मिलाउने नीति लिइएको छ । कृषकलाई प्रभावकारी सेवा दिनका लागि कृषि शाखालाई अझ व्यवस्थित गरिने उल्लेख छ ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...