इनरुवा । भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालयले आयोजना गरेको दोस्रो गाउँसभाको पहिलो अधिवेशनको अवसरमा प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतासहित सातजना कर्मचारी सम्मानित भएका छन् । उत्कृष्ट सेवा प्रवाह गरी जनतालाई सहज तरिकाले छिटोछरितो सेवा दिइएको भन्दै उनीहरू गाउँपालीका सेवा पुरस्कारबाट सम्मानित भएका हुन ।

त्यसरी सम्मानित हुनेहरूमा प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतासँगै लेखा अधिकृत महेश राणा मगर,शिक्षा शाखाका रमेश तिमिल्सिना,लेखा सहायक संजय मेहता,सामाजिक परिचालक रामचन्द्र यादव सिनियर अहेव सुनिता साह र कम्प्युटर अपरेटर हसनुल बन्ना रहेका छन् ।

उनीहरूलाई नगद पाँचहजार रुपैयाँसहित सम्मान पत्रबाट प्रदेश सांसद हाजी ताहिर अन्सारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजाद,कोसी गाउँपालीकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी,उपाध्यक्ष सुनिता उराँवलगायतले पुरस्कारसँगै सम्मानपत्र वितरण गरेका थिए ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापा,सशस्त्र प्रहरी बल नम्बर ४ गण हेक्वा सुनसरीका प्रमुख एसपी बिक्रम हुमागाई,राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख कुलचन्द्र नेपाल,पूर्व संघीय सांसद सूर्यदेव दास उराँव,नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इसराइल मन्सुरी,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालीकाका सभापति युवराज दाहाल,१ देखि ८ नम्बर वडाका वडा अध्यक्षहरु,कार्यपालीका सदस्य,वडा सदस्य,कर्मचारी,विभिन्न राजनीति दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








