ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरीमा दर्जनौं घरपरिवार विस्थापित

पूर्वतयारीमा जुट्दै स्थानीयतह

आवर कोशी by आवर कोशी
असार १४, २०७९
सुनसरीमा दर्जनौं घरपरिवार विस्थापित
63
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मंगलबार बिहानैदेखि निरन्तरको अविरल वर्षापछि सुनसरीका विभिन्न स्थान डुबानमा परेका छन् । इनरुवा नगरपालिकाको वडा नम्बर ३, ४, ९ र १० नम्बर वडा र भोक्राहा नरसिंह,कोसी र हरिनगर गाउँपालीका क्षेत्रका सुनसरी खोला छेउका बस्ती डुबानमा परेका हुन । प्राय सबै स्थानिय तह बाढी बाट प्रभाबित रहेको सुनसरी प्रशासनले जानकारी गराएको छ । पछिल्लो जानकारीअनुसार भोक्राहा नरसिंह गाउँपालीकाको वडा नम्बर ५ का करिब ५० घरपरिवार विस्थापित भएका छन् भने भोक्राहा नरसिंह गाउँपालीकाको वडा नम्बर ४,६ र ७ गरी दर्जनौं घरपरिवार विस्थापित भएको बताइएको छ । यस्तै इनरुवा क्षेत्रका खिखरि टोल, नबिया कुपी टोल, शुक्रबारे टोल र मलाहा टोलका बस्तीहरू डुबानमा परेको स्थानीयले जानकारी गराएका छन् । यस्तै गडन तथा सुनसरी खोलाले कटान तीव्र पारेका छन् । सुनसरी, गडन, धन उष्णा, बुढी र मरिया खोलामा आएको बाढीले नदी आसपासका बासिन्दाहरूलाई प्रभावित पारेको छ । वर्षाले केही ठाउँमा डुबान भएको खबर आएपछि विस्थापित भएको र अन्य कुनै मानवीय वा भौतिक क्षतिको विवरण नआएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

यस्तै, इटहरीको बूढी खोलामा पानीको सतह बढेको छ । त्यसैगरी दुहबी नगरपालिका वडा नम्बर ४ ढकिबुन्ना टोलका शोभा कुमारी चौधरी र विकास विकको घर बुढिखोलाको कटानले भत्किएको छ । अविरल वर्षाको कारण खोलाको बहाव उछालिएसँगै निरन्तर कटान सुरु भएको हो । मंगलबार साझसम्म दुई घरमात्र विस्थापित भएपनि अझै बढी घरहरू क्षति हुनसक्ने स्थानीयहरू बताउँछन् । जल तथा मौसम विज्ञान विभागले मङ्गलवार बिहान प्रत्येक नागरिकको मोबाइलमा सूचना प्रवाह गर्दै झापा, मोरङ, सुनसरीका अधिकांश स्थानहरूमा मंगलबार दिनभर अति भारी वर्षा भएको र थप वर्षा हुने तथा मेची, विरिङ, बक्राहा, लोहन्द्रा, बुढीखोला, सुनसरी खोला लगायत उक्त जिल्लाका तराई र चुरे भई बहने साना नदीहरूमा बाढीको जोखिम; तटीय क्षेत्र एवं डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने सर्वसाधारणलाई बुधबारसम्म उच्च सतर्कता अपनान आग्रह गरिएको छ ।

यता भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजादले वडा नम्बर ४,५,६ र ७ का १५ सय घरपरिवार बाढीको उच्च जोखिममा रहेको बताउदै तिनीहरुको उद्धार गर्न आफूहरू पूर्वयोजनाअनुसार लागिपरेको बताए । जोखिममा रहेका क्षेत्रहरूको मंगलबार स्थलगत निरीक्षण गर्दै उनले बाढीको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल विस्थापित भएको अवस्थामा सुरक्षित स्थानमा सार्न,उनीहरूलाई खाद्यान्न,त्रिपाललगायत राहत सामाग्री तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । यसैबीच इनरुवा नगरपालिका क्षेत्रका कतिपय स्थान डुबानमा परेपछि नगर प्रमुख केदार भण्डारीले स्थलगत निरीक्षण गर्दै उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका छन् । यस्तै निरन्तर पानीले हरिनगर गाउँपालीका क्षेत्रका समेत कतिपय क्षेत्र डुबानमा परेपछि ति क्षेत्रका जनप्रतिनिधिहरु स्थलगत निरीक्षण गर्दै उद्धार तथा राहत लिएर सर्वसाधारण समक्ष पुगेका छन् ।

विपद् पूर्वतयारीमा जुट्दै स्थानीयतह

मनसुन भित्रिन थालेपछि सुनसरीका स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका हुन् । विपद् व्यवस्थापन समितिको बैठकमा सुनसरीका १२ ओटै स्थानीयतहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिका बीच प्रभावकारी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गरेका थिए ।  पूर्वसूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनर्स्थापना लागि स्थानीय तहहरुलाई लाग्न जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले आग्रह गरेका छन् । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले विपद् पुर्वतयारीसंगै विपद् प्रतिकार्य योजना निर्माणमा जुटेको बताए । विपदबाट हुने जनधनको क्षति कम गर्न पूर्वतयारी प्रतिकार्य योजना बनाइएको उनको भनाइ छ । बाढीबाट हुनसक्ने सम्भावित जोखिममा मध्यनजर गर्दै सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनर्स्थापना, उपचार लगायतका राहत तथा उद्धारका कार्य छिटो छरितो गर्नका लागि पूर्वतयारी गरिएको भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्तर आजादको भनाइ छ् ।

वर्षायाम भित्रिएसँगै विगतको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको जिल्ला प्रशासन कार्यालयले सुनसरीले जनाएको छ । यस वर्षको मनसुनलाई ध्यानमा राख्दै हुनसक्ने बाढी, डुबान, कटान, नदी कटान,जस्ता विपदबाट गाउँवस्ती, बालीनाली, स्वास्थ्यमा पुरयाउन सक्ने जोखिमको विश्लेषण गर्दै त्यसप्रति सजग रहन, तत्काल राहत तथा उद्दार कार्यका लागि जिल्लास्थित सुरक्षा निकाय, जिल्ला विपद व्यवस्थापन समितिका सदस्य, सरकारी तथा गैरसरकारी निकायहरुको अधिकतरुपमा परिचालन गरी राहत तथा उद्दार कार्य छिटो, छरितो र विश्वसनीय बनाउनका लागि कार्ययोजना २०७९ लागू गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले गत सालको अनुभवको आधारमा समीक्षा गर्दै आगामी दिनका पूर्वतयारीका कार्यक्रम अपनाइएको बताए । सुनसरी पनि मनसुनजन्य विपदबाट उच्च जोखिममा रहेको प्रजिअ यादवको कथन छ । यसवर्ष मुलुकभर नै सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । यसपालि मनसुनका बेला धेरै मानिस प्रभावित हुने अनुमान समेत गरिएको छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.