ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

बाढीको वितण्डा : बर्सेनि डुब्छन् भोक्राहाबासी

नियन्त्रणमा जनप्रतिनिधिको सक्रियता

आवर कोशी by आवर कोशी
असार १५, २०७९
बाढीको वितण्डा : बर्सेनि डुब्छन् भोक्राहाबासी
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । हरेक वर्ष अविरल वर्षापश्चात् सुनसरी खोलामा बाढी आउँछ। त्यसको सबैभन्दा पीडा भोग्छ, भोक्राहाबासीले । भौगोलिक रूपमा निचो भूभाग त हुँदै हो, राज्यले पनि ‘डुब्छ’ भनेर विचार पुर्‍याउन सकेको छैन । नियन्त्रणका सरकारी प्रयास या कमजोर छन् या बाढीसरह बगिरहेका छन्। पछिल्लो केही वर्ष यता बर्खामा भोक्राहा क्षेत्रमा देखिने समस्या हो— डुबान र कटान। सुनसरी खोलाको बाढीले तटीय क्षेत्रका दर्जनभन्दा बढी गाउँले डुबानमा पर्दै आएका छन् । सयौँ विगाहा खेत बगर भएका छन्, हुने क्रम जारी छ। हुनेखानेहरू भूमिहीन र सुकुम्बासी बनिरहेका छन् । तर,अहिले पनि उक्त मुद्दा राजनीतिक दलको प्राथमिकतामा परेको छैन। डुबानको समस्या झन् जटिल बन्दै गएको छ स्थानीय पप्पु यादवले भने ।वर्षा सुरु हुने बित्तिकै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५,६,७ र ८ का जनताको निद्रा हराउँछ। कति बेला बाढी आउने हो र उठिबास हुने हो भन्ने चिन्ताले भोक–तिर्खा बिर्साउँछ। तर,नियन्त्रणका नाममा वर्षेनि करोडौं रुपैयाँ खर्चिने गरे पनि नियन्त्रणका प्रयास प्रभावकारी हुनसकेका छैनन्।

बाढी आएपछिको राहत तथा पुन:स्थापनाको कार्य पनि फितलो हुने भएकाले सर्वसाधारणमाथि वर्षातमा ठूलो बज्रपात हुने गरेको छ। यस वर्ष पनि बाढीका कारण कैयांै बस्ती डुबानमा परेका छन ।धेरै भौतिक सम्पत्ति बाढीको पानीको भेलसंँगै बगेको छ। खाना नपाउँदै छट्पटाइरहेका छन्, बाढी पीडित। स्वास्थ्य उपचार र औषधीको अभावमा घरैपिच्छे बिरामीको ताँती छ। कति गाउँ त बाढीअघि नै अन्यत्र सर्छन्। धेरै विस्थापितहरू अहिले आफन्तको शरणमा छन्। बाढीबाट यतिका क्षति हुँदा पनि यसको नियन्त्रणका लागि प्रभावकारी पहल हुनसकेको छैन । मनसुन सक्रिय भएसँगै मंगलबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण सुनसरी खोलामा बाढी आउँदा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ स्थित सिस्वनी टोलका १५ घर,वडा नम्बर ५ कै टपराका १० घर र वडा नम्बर ७ स्थित रहेको यादव टोल बरगाछीका २० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी गराएको छ । अविरल वर्षा जारी रहेकोले यो संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

सरकार स्तरबाट समस्याको समाधान हुन नसकेपछि स्थानीय प्रशासनले बाढीविरुद्ध जुध्न विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अगाडि ल्याउँछ।  पूर्वाधारहरू (सडक, पुल, विद्युत, सञ्चार) नष्ट भई अवस्था भयानक हुनसक्ने भन्दै खोज तथा उद्धार, अस्थायी आवास तथा गैरखाद्य सामग्री व्यवस्थापन, खाद्यान्न व्यवस्थापनको तयारी गरेको छ। बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि अस्थायी बास, खाद्य भण्डार लगायत तयारी गरिसकेको छ। ‘वर्षा सुरु भएपछि बाढीसंँग जुध्न विभिन्न समिति बनाई कार्यान्वयनका लागि सम्बन्धित निकायलाई जिम्मेवारी दिइसकेका छौँ। आवश्यक गर्नुपर्ने सबैजसो तयारी गरिसकेका छौँ,’ जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘खोज तथा उद्धारका लागि सुरक्षा निकाय, अस्थायी आवासका लागि रेडक्रस लगायतका संस्थाको जिम्मा लगाएका छौँ।’ सुनसरीमा हुँदै आएको डुबान, कटानको स्थायी समाधानका लागि नदीको दुबैतर्फ पक्की तटबन्धको विकल्प छैन। तर त्यसका लागि करोडौं बजेट आवश्यक पर्छ। बाढीले हरेक वर्ष स्थानीय बासिन्दा विस्थापित हुने क्रम जारी छ। पुन:स्थापना भने जटिल बन्दै गएको छ। एकवर्षअघि विस्थापित बाढी पीडितको अझै पुन:स्थापना हुनसकेको छैन।

नदी बस्तीमा पस्नुको अर्को कारण हो, बर्सेनि नदी नियन्त्रणका नाममा हुने कामहरू प्रभावकारी रूपमा हुन नसक्नु। नदी नियन्त्रणका नाममा आउने रकम उपभोक्ता समितिका नाममा भ्रष्टाचार हुने गरेको, ठेक्का लगाइने योजनाहरूमा समयमा गुणस्तरीय काम हुन नसक्दा समस्या ज्युँकात्युँ रहने गरेको छ। एक स्थानमा एउटै नदीले पटक—पटक कटान र डुबानमा पार्ने गरेपछि वर्षेनि नियन्त्रणका लागि रकम खर्च हुने र नियन्त्रण हुन नसक्ने परिपाटी कायम रहनुले नियन्त्रणका कार्य प्रभावकारी हुन नसकी बस्ती डुबानमा पर्ने गरेको छ। नियन्त्रणमा सरकारी स्तरबाट त लापरबाही छ नै, स्थानीय स्तरबाट पनि कतैकतै असहयोगका कारण समयमा काम सम्पन्न हुन नसक्ने स्थिति सिर्जना हुने गरेको छ। नदीले बाटो बनाएको जग्गा सर्वसाधारणको नम्बरीमा पर्ने र त्यसमा बाँध बनाउँदा जग्गावालाले रोक्ने लगायत कारण पनि नियन्त्रणमा समस्या हुने गरेको प्राविधिकहरूको तर्क छ।सरकारी स्तरबाट क्षतिपूर्तिको व्यवस्था नहुँदा काम गर्न झन् समस्या हुने गरेको छ।

यसैबीच लगातारको बर्षाले डुबानमा परेको भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रमा बाढी प्रभावित नागरिकको उद्धार गर्न जनप्रतिनिधिले सक्रियता देखाएका छन् । र्यापिड रेस्पोन्स टिम र अत्यावश्यक औषधिसहितको क्युक रेस्पोन्स टिम लिएर अध्यक्ष अजमल अख्तर आजाद आफै उद्धारमा खटिन थालेका छन् । डुबान तथा कटानबाट समस्यामा परेको भए तत्काल इमेर्जेन्सी नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै गाउँपालीकास्तरीय विपद व्यवस्थापन टीमको नेतृत्व गर्दै आफैं डुबान र कटान रोकथाम गर्दै विस्थापित घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न तथा उनीहरूलाई आवश्यक राहत उपलब्ध गराउन खटेको अध्यक्ष आजादको भनाइ छ । पानी पर्ने यथावत रहेकोले इनरुवा नगरपालिका,भोक्राहा नरसिंह र कोसी गाउँपालीकाका क्षेत्रमा बिद्यालय तीनदिन सम्मको लागि बन्द गरिएका छन् ।

Tags: बाढीपीडित

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.