लौकही । जनता समाजवादी पार्टी नेपाल कोसी गाउँपालीकाका प्रभावशाली नेता रामनाथ पौदार,अमरलाल यादव,सभापेत यादव,चुन्नु यादवलगायतको नेतृत्वमा दर्जनौं नेताकार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । शनिबार कोसी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका बीच उनीहरूलाई नेपाल सरकारका सूचना संचार तथा प्रविधि मन्त्री एवं प्रवक्ता तथापि सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्की,नेपाली काङ्ग्रेस सुनसरीका सभापति एवं इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीलगायतले टिकट लगाएर उनीहरूलाई पार्टी प्रवेश गरेका हुन् ।

पछिल्लो केही वर्षयता सुनसरीको पिछडिएको क्षेत्रको रूपमा चिनिने कोसी गाउँपालीकामा क्षेत्रमा नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको विकास निर्माणकार्यबाट प्रभावित भएर विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेस पार्टी प्रवेश गर्नेहरूको संख्या बढेको क्षेत्रीय सभापति ऐयुब अन्सारीको भनाइ छ । सफल,सुदृढ र सशक्त नेतृत्वका कारण नेपाली काङ्ग्रेसप्रति क्रेज बढेको उनको भनाइ छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








