इनरुवा । नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ४ सुनसरीले विभिन्न रिक्त पदहरुमा पदाधिकारी तथा कार्य समिति सदस्य मनोनीत गरेको छ । नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ४ का सभापति तीर्थराज भट्टराईको सभापतित्वमा बसेको बैठकले भातृ संगठनमार्फत नेपाली काङ्ग्रेस कोसी गाउँपालीका क्षेत्रमा सक्रिय राजनीतिमा रहेका युवा अल्फेज अन्सारीलाई उपसभापति र कुन्दन मण्डललाई सचीवको जिम्मेवारी दिइएको छ ।

यस्तै विस्तारित नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ४ अन्य उपसभापतिमा उत्सव सुवेदी र फुर्वालाल तामाङ रहेका छन् । यस्तै सचिवमा कुन्दन मण्डलसँगै रमेश कार्की समेत मनोनीत भएका छन् । यसैगरी कविता भण्डारी,रविन साह शंकर र वृजेश बस्नेत नेविसंघ क्षेत्रीय कार्य समितिको सहसचिव पदमा मनोनीत भएका छन् भने कोषाध्यक्षमा गौरव सापकोटा मनोनीत भएका छन् ।

त्यसैगरी नेविसंघ क्षेत्रीय कार्य समितिको सदस्यहरुमा विशाल ठाकुर, पूजा मण्डल, शमशाद अन्सारी, जमशेद अन्सारी, अब्दुल गफार, समिम अन्सारी, ईशा अन्सारी, शाहिद अन्सारी,रंजित साह, संतोष साह, एलिष भण्डारी, अनुस्का रेग्मी, अनिश अधिकारी, श्रीष्मा पौडेल,युकेश काफ्ले, जानकी शिवाकोटी र हरि पराजुली मनोनीत भएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








