भण्टाबारी । सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीले लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । भारतीय बजारबाट लुकाएर लागूऔषध ल्याउदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित चारकुने क्षेत्रबाट लागूऔषधसहित शुक्रबार एकजना युवालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ पर्नेमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षका जीवन राई रहेका छन् । सशस्त्र प्रहरीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट फेनेरागन,डाइजोपामलगायतका गरी विभिन्न ६० पीस लागूऔषध बरामद गरिएको छ । लागूऔषधसहित पक्राउ परेका राईलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीले जनाएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








