अन्सार अन्सारी
भुटाहा । जिल्लाको हरिनगर गाउँपालिकामा रहेको भुटाहा बजार व्यवस्थापन न हुन्दा किसान मार्कामा परेको छ । भुटाहा बजार व्यवस्थापन नहुँदा किसानहरु सडकमा नै बजार लगाउन थालेका छन् । भुटाहा बजारमा रेहेको हुलाकी सडकमा नै बजार लगाउन थालेपछी हुलाकी सडकमा चल्ने सवारीसाधन चालकलाई समेत कठिनाइ भएको चालक अरुण शर्माले बताए । हुलाकी सडकहुँदै दिनहुँ चल्ने सवारीसाधनहरु भुटाहा बजारमा सडकमै बजार लगाइएको हुँदा सवारी दुर्घटना हुन सक्ने जोखिम रहेकोे अर्को चालक श्याम गुप्ता बताउँछन् । भुटाहा बजारको व्यवस्थापन हुन नस्क्दा बजार गर्न आउने मानिसहरुले समेत समस्या खेप्नुपरेको उनको भनाइ छ ।

भोक्राहा नरसिंह गाउँपालीकासहित वस्तपुर,घुस्की , गाैतमपुर ,देवानगंज क्षेत्रका सुनसरीको दक्षिण भेगका अधिकांस मानिसहरुले भुटाहा बजार आउने गर्दछन् । जसका कारण भुटाहा बजारमा भिडभाड हुने गर्दछ । दिनभर मानिसहरुको आवजावत रहने हुँदा र व्यस्त सडकमै बजार लाग्दा दुर्घटनाको जोखिम रहेको स्थानीयहरु बताउँछन् । निर्वाचित जनप्रतिनिधिहरुले भुटाहा बजार व्यवस्थापन नगर्दा बजार सडकमा परिणत भएको छ ।भुटाहा बजार लग्ने ठाउँमा वर्षाको याममा बजार लग्ने ठाउँमा पानी जम्ने गरेकोले सडकमै बजार लगाउनुपर्ने बाध्यता रहेको व्यपारीहरु बताउँछन् । स्थानीय तह २०७९ निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बजार व्यवस्थापनमा चासो नदेखिएको कारण बजार अव्यवस्थित बनेको स्थानीयको गुनासो छ । निर्वाचनको समयमा जनतासँग गरेको वाचा अनुसार फोरहर र बजार व्यवस्थापन भएको छैन । निर्वाचित जनप्रतिनिधिहरुले हरिनगर गाउँपालिकाको बिकासका लागि जनपक्षीय काम गर्नु पर्नेमा स्थानीयले माग गरेका छन् ।








