सज्जाद आलम
भण्टाबारी । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको भण्टाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा सर्वसहमत रूपमा पुनः नुरे आलम चयन भएका छन् । यसैगरी उपाध्यक्षमा प्रभादेवी मण्डल,सचिवमा समिम आलम,कोषाध्यक्षमा आलमिन आलम,सदस्यहरुमा बिनोद रोहेता,रामचन्द्र यादव,घनश्याम देव, रहना खातुन र कौशलीदेवी मगर चयन भएका छन् । कोसी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष बलराम क्षेत्रीको उपस्थिति सो समिति चयन भएको हो ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तजमुल मन्सुरी,हाजी उसमान मियाँ, शमशाद आलम, जमिर मियाँ, वाजुल मियाँ,उसमान मियाँ,कोसी गाउँकार्यपालीका सदस्य सर्जुग सरदार,आधारभूत बिद्यालय भण्टाबारी व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादव,सादिस आलम,नाजिर आलम,सहवाज आलम,तन्विर आलम,असफाक आलम,देवन खत्वे, शाहिद आलम, अरवाज खान, जुबेर आलम,रिजवान आलम,सद्दाम मियाँ,कासिम मियाँ,सुभान मियाँलगायतको उपस्थित रहेको थियो ।








