भुटाहा । हज गर्न साउदी अरेबिया पुगेका हरिनगर गाउँपालीकाका अध्यक्ष गफार मियाँ अन्सारीले पुनः कार्यभार सम्हालेका छन् । बिदा सकाएर अध्यक्ष अन्सारीले आइतबारबाट आफ्नो कार्यभार सम्हालेका हुन । उनको अनुपस्थितीमा हरिनगर गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष सिकिमलाल यादवले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । लगातार दोस्रोपटक हरिनगर गाउँपालीका अध्यक्षमा निर्वाचित भएका अध्यक्ष अन्सारीले विदा पश्चात् पुनः कार्यभार सम्हाल्दै सबै व्यवसायीलाई आफूले करको दायरा ल्याउने बताएका छन् । गाउँसभामा वडा अध्यक्षहरुले कर छुट गर्नुपर्नेमा आग्रह आफूसमक्ष गरेपनि आफूले त्यतिबेलै अस्वीकार गरेको बताउदै उनले आफ्नो अनुपस्थितीमा कतिपय वडाध्यक्षहरुले कर छुटबारे गरिएको भ्रामक प्रचारबाजीमा सत्यता नभएको बताए । समग्र गाउँपालीकाको विकास गर्न संघ र प्रदेशबाट विनियोजित रकम प्रयाप्त नहुने भएकोले स्थानीयस्तरबाट कर उठाउनुपर्ने आवश्यकता रहेको अध्यक्ष अन्सारीले बताए ।

हरिनगर गाउँपालिकामा लाग्ने हाट करमा किसान तथा दैनिक जीवकोपार्जन गरि जीवन बिताउने साना व्यापारीलाई पूर्ण रुपमा हाट कर मिनाहा तथा व्यवसायी रुपमा व्यापार गर्नेहरुलाई लाग्दै आएको हाट करमा पचास प्रतिशत कर छुट गर्ने निर्णय गरिएको हो । साउन १७ गते बसेको हरिनगर गाउँपालिका,सुनसरीको कार्यपालिका समितिको बैठकले किसान तथा दैनिक जीवकोपार्जन गरि जीवन बिताउने साना व्यापारीलाई पूर्ण रुपमा हाट कर मिनाहा तथा व्यवसायी रुपमा व्यापार गर्नेहरुलाई लाग्दै आएको हाट करमा पचास प्रतिशत कर छुट गर्ने निर्णय गरेको अध्यक्ष अन्सारीले बताए । साथै उनले हरिनगर गाउँपालिका भित्र रहेका भुटाहा, हरिनगर र घुस्की बजारमा व्यवसाय दर्ता नगरि कारोबार गर्ने व्यापारीहरुलाई व्यवसायिक करको दायरामा ल्याउन अनिवार्य रुपमा व्यवसायी दर्ता गर्ने उर्दी जारी गर्ने र निर्धारित समय भित्र दर्ता नभएका व्यापारीलाई कानुन बमोजिम कारबाही अगाडी बढाउने समेत कार्यपालिका समिति बैठकले निर्णय गरेको बताए । कर ठेक्का लिने ठेकेदारले विगतका दिनमा निर्धारित कर दर रेट भन्दा बढि कर रकम उठाउने गरेको जनस्तरबाट व्यापक जनगुणासाहरु आएकाले अब लिने ठेकेदारले पालिकाले निर्धारण गरिएको कर दर रेट भन्दा एक पैसा पनि बढि उठाएको प्रमाणित भएमा तत्कालै उसको ठेक्का रद्द गरि पुनः ठेक्का लगाउने अख्तियारनामा कार्य समिति बैठकले दिएको र सोही अनुसार कारबाही हुने अध्यक्ष अन्सारीको भनाइ छ । साथै उनले हरिनगर गाउँपालीका क्षेत्रमा संचालनमा ल्याइने तयारी गरिएको १५ बेडको अस्पतालमा आवश्यक उपकरणहरुको अभाव देखिएको हुँदा प्रदेश र संघीय सरकारबाट सहयोग माग्ने निर्णय भएको बताएका छन् ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









