ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

यस्ता छन सुनसरी प्रहरीको उपलब्धि

आवर कोशी by आवर कोशी
साउन १७, २०७९
यस्ता छन सुनसरी प्रहरीको उपलब्धि
148
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी प्रहरीले आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले एसपी संजयसिंह थापाको नेतृत्वमा भएका उपलब्धिहरु मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विभिन्न अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेका प्रतिवादी पक्राउमा सुनसरी प्रहरी अग्रस्थानमा रहन सफल भएको छ । अदालतको फैसला कार्यान्वयनका लागि १४ जिल्ला रहेको प्रदेश १ मा फरार अपराधी पक्राउ विशेष अभियान सञ्चालन गरिएको थियो । पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै फरार प्रतिवादीलाई पक्राउ गर्न सुनसरी प्रहरी सफल भएको हो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाको अभिलेख अनुसार मुलुकका ७७ वटै जिल्लामध्ये सुनसरीबाट धेरै प्रतिवादी पक्राउ परेका छन् । 

प्रदेश १ बाट आर्थिक वर्ष २०७८/०७९ मा एक हजार सात सय ३८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये एक हजार जना फौजदारी र सात सय ३८ जना देवानी मुद्दाका फरार छन् । अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकाहरु पक्राउ परेका हुन् । कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लागुऔषध, जबरजस्ती करणी, डाँका, ज्यान मार्ने उद्योग, करणी उद्योगजस्ता जघन्य तथा अन्य प्रकृतिका अपराधमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । ठूलो सङ्ख्यामा प्रतिवादी पक्राउ पर्दा नौ सय ६६ वर्ष चार महिना एक सय ५४ दिन कैद र आठ करोड सात लाख ४७ लाख छ सय ७५ रूपैयाँ जरिवाना असुल भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

उनका अनुसार विगतभन्दा आर्थिक वर्ष २०७८/०७९ मा धेरै अपराधी पक्राउ परेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभरिबाट नौ सय ७० र २०७७/०७८ मा सात सय ४३ जना फरार प्रतिवादी पक्राउ परेका थिए । प्रहरीले २०७८/०७९ मा विगतको वर्षभन्दा दोब्बर बढी फरार पक्राउ गरेको राईले बताए । एक वर्षको अवधिमा प्रदेशभरिबाट पक्राउ परेकामध्ये लगभग आधा प्रतिवादी सुनसरी प्रहरीले पक्राउ गरेको हो । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार आठ सय ६५ जनालाई पक्राउ गरिएको छ । थापाले प्रतिवादी पक्राउ पर्दा दुई सय दुई वर्ष तीनमहिना एक दिन कैद र एक करोड ५३ लाख दुईहजार एक सय एक रूपैयाँ जरिवाना असुल भएको जानकारी दिए । जसअन्तर्गत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार ८६५ जना प्रतिवादी पक्राउ गर्नुका साथै भारतसँग खुल्ला सीमा नाकाको कारण चोरीतस्करी, लागूऔषध,हातहतियार,गाँजा कारोबार नियन्त्रण गर्दै राजस्व चुहावट रोक्नु आफ्नो प्रमुख उपलब्धि भएको एसपी थापाको दाबी छ । सुनसरी प्रहरीले फौजदारी मुद्दाका १७८ र देवानी मुद्दाका ६८७ सहित ६६३ जना पुरुष र २०२ जना महिलालाई पक्राउ गरेको जनाएको छ । यस्तै विभिन्न चुनौतीका बाबजुद गत वैशाख ३१ गते बिना कुनै अप्रिय घटना जिल्लामा शान्तिपूर्ण तवरबाट स्थानीय तह निर्वाचन सम्पन्न गर्नुलाई समेत उनले आफ्नो उपलब्धि भएको बताए ।जघन्यदेखि विभिन्न खाले अपराधमा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन अढाई दशकदेखि फरार बनेकालाई प्रहरी सक्रियता बढाएर पक्राउ गरिएको उनले बताए । अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर फरार प्रतिवादी पक्राउलाई तीव्र पारिएको थापा बताउँछन् । फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर फरार पक्राउमा उल्लेख्य सफलता प्राप्त गरेको सुनसरी प्रहरीलाई अदालतले सम्मानसमेत गरिसकेको छ । सुनसरी अदालतद्धारा २०७८ चैत ७ गते आयोजित न्यायिक कामकारबाहीका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा न्यायाधीश कैलाशप्रसाद सुवेदीले एसपी थापालाई सम्मान पत्र प्रदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा लागूऔषध कारोबारी तथा लागूऔषध बोक्ने भरियाबाट बरामद गरेका लागूऔषध डाईलेक्स, डाईजेल्याब,फेनारगन, नोफिन,लुपिजेसिक , स्पास्मोप्रोक्सिभन, खेरौहिरोईन, गाँजालगायत समेत ठुलो मात्रामा बरामद गरी नष्ट गरेको सुनसरी प्रहरीले जनाएको छ । यस्तै सुनसरी प्रहरीले २०७८ असार १६ गतेदेखि २०७९ साउन १६ गतेको अवधिमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत २० जनालाई पक्राउ गरेको छ भने ज्यान मुद्दा उद्योगमा ८४ जना, करणी सम्बन्धि कसुरमा १२२ जना, लागूऔषध मुद्दामा १९१ जना, मानव अपहरण तथा शरीर बन्धक मुद्दामा आठजना, हातहतियार मुद्दामा १९ जना, ठगी मुद्दामा ४० जना,नागरिकता सम्बन्धि कसुरमा तीनजनासहितलाई पक्राउ गरिएको जनाएको छ । यस्तै सुनसरी प्रहरीले हातहतियारको १२ वटा मुद्दामा १९ जनालाई पक्राउ गर्नुका साथै छ वटा कटुवा पेस्तोल,तीनवटा पेस्तोल, तीनवटा भरुवा,दुईवटा इटालियन पेस्तोल,१३ राउन्ड गोली समेत बरामद गरेको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा सुनसरीपछि मोरङबाट धेरै प्रतिवादी पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार एक वर्षमा दुई सय ८९ जनालाई पक्राउ गर्दा दुई सय ४१ वर्ष एक महिना २७ दिन कैद र एक करोड ३३ लाख १२ हजार छ सय ६१ रूपैयाँ जरिवाना असुल भएको छ । अपराधमा संलग्न भएर वर्षौदेखि भागिरहेकालाई पक्राउ गर्न विशेष टोली परिचालित रहेको एसपी कोइरालाले बताए ।  प्रदेशका अन्य जिल्लामध्ये झापाबाट दुई सय २४, पाँचथरबाट ७८, उदयपुरबाट ५७, सङ्खुवासभाबाट ४०, तेह्रथुम, इलाम र ताप्लेजुङबाट २३/२३, धनकुटा र सोलुखुम्बुबाट १७/१७, भोजपुरबाट आठ, ओखलढुङ्गाबाट छ र खोटाङबाट तीन जना फरार अपराधी पक्राउ परेका छन् । 

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.