कोसी ब्यारेज । कोसी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुसाहामा अवस्थित रहेको कोसी टप्पु वन्यजन्तु आरक्ष जाने बाटो मर्मत गरिदिन भारतीय पक्षलाई आग्रह गरिएको छ । बिहीबार कोसी तटबन्धको निरक्षण गर्न आएका भारत बिहार राज्यका जल संसाधन बिभागका मन्त्री संजय झालाई ज्ञापनपत्र बुझाउदै कोसी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादवले सो आग्रह गरेकी हुन् । कोसी सम्झौताअनुरूप उक्त बाटो भारतीय पक्षले रेखदेख गर्नुपर्ने भएकोले बाटो मर्मत गरिदिन आग्रह गरिएको हो ।
लामो समयदेखि मर्मत नहुँदा जीर्ण बाटोहुँदै कोसी टप्पु वन्यजन्तु आरक्ष आउने पर्यटकहरुलाई आवातजावत गर्न कठिनाइ हुने गरेकोले बाटो मर्मत गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएको उपाध्यक्ष अनितादेवी यादवले बताइन् । मन्त्री झालाई कोसी गाउँपालीकाको तर्फबाट उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,नायब सुब्बा राजकिशोर मेहता,अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास,समाजसेवी जीवानन्द झापा लगायतको टोलिले स्वागत तथा सम्मान गरेका थिए । सोही अवसरमा पूर्व पश्चिम लोकमार्ग देखि उतर कोशी टप्पु जाने बाटो मर्मत गरी चोडाई गरिदिनको लागि ज्ञापनपत्र समेत बुझाइएको थियो ।
प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...