इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालीकाको आयोजना तथा जिल्ला अस्पताल इनरुवाको प्राविधिक सहयोगमा शनिबार वडा नम्बर ८ सोनयाहीमा सो शिविर सम्पन्न भएको हो । उक्त शिविरमा भोक्राहा नरसिंह गाउँपालीकालगायत क्षेत्रका गरी ९० जनाले स्वास्थ्य चेकजाँच गराएको जिल्ला अस्पताल इनरुवाका प्रमुख डाक्टर देवराज घिमिरेले जानकारी दिए । गाउँ गाउँ डाक्टर कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त निशुल्क स्वास्थ्य परिक्षण शिविरमा जिल्ला अस्पताल इनरुवाका विभिन्न चिकित्सकले सेवा दिएको उनको भनाइ छ ।

कार्यक्रम फलदायी भएको बताउदै भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले गाउँपालीका क्षेत्रभित्र रहेका गरिब,निमुखा तथा विपन्न समुदायलाई लक्षित गरेर गरिएको कार्यक्रममा सबै क्षेत्रका सर्वसाधारणको उपस्थिति देखिएको बताए । हरे वर्गका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने आफ्नो लक्ष्यअनुरुप आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर गरिने उनले बताए । उक्त कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालीकाकी उपाध्यक्ष सुनिताकुमारी उराँव,वडा नम्बर ८ का अध्यक्ष उसमान अन्सारी,वडा सचिव हिरा साहलगायत जनप्रतिनिधि,कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








