इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले नेपाली कांग्रेसको बिधानअनुसार विभिन्न विभाग गठन गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको सभापतित्वमा शनिबार बसेको बैठक उक्त विभागहरु गठन गर्ने निर्णय गरेको क्षेत्रीय सचिव जुगेश्वर यादवले जानकारी दिए । गठित विभिन्न विभागको प्रमुखहरुमा संगठन विभाग संयोजकमा सदानन्द मण्डल जिम्मेवारी दिइएको छ् भने संवैधानिक कानून तथा संसदीय मामिला विभाग संयोजककोहि अनितादेवी यादवले पाएकी छन् । उनी कोसी गाउँपालीकाकी उपाध्यक्ष समेत हुन । यस्तै पर्यटन विभाग संयोजकमा अनु गुरुङ्ग, सुरक्षा तथा प्रशासन विभाग संयोजकमा हाजी इस्राइल मंसुरी, विपत व्यवस्थापन विभागको ममता उराँव,वन विभागको राजकुमार साहलाई संयोजकको जिम्मेवारी दिइएको छ् ।

यस्तै खेलकुद विभागको मनोज साह, महिला अधिकार एवंम् लैंगिक समता विभागको सुसिला खनाल पौडेल, युवा विभागको भिम कटुवाल,स्वास्थ्य विभागको सुरेन्द्रप्रसाद गुप्ता, सूचना संचार तथा प्रचार प्रसार विभागको फरिदा खातुन, अन्तर पार्टी समन्वय विभागको रविन्द्र मण्डल,श्रमिक तथा ट्रेड युनियन विभागको विश्व ढुङ्गाना,भातृ संघ समन्वय विभागको भिमसिंह गुरुङ्ग,उद्योग तथा वाणिज्य विभागको नारायण प्रसाद दुलाल, गैरसरकारी संस्था तथा सामाजिक सेवा विभागको हजरत मंसुरी, कृषि तथा भूमिसुधार विभागको चेतबहादुर कार्की,सहकारी विभागको राजेन्द्रप्रसाद मेहता, शिक्षा विभागको जयप्रसाद आचार्य,भाषा साहित्य विभागको जमुना देवी गौतम पोखरेल,विज्ञान तथा प्रविधि विभागको डाक्टर प्रमोद खेरवार,सामाजिक सेवा विभागको मुना रिजाल (चम्पा),सुकुम्वासी समस्या समाधान विभागको ओम कोइराला,द्वन्द व्यवस्थान एवंम समन्वय विभागको रिमझिम कुमारी भगत,वैदेशिक रोजगार समन्वय विभागको राधिका कटुवाल, धर्म संस्कृती विभागको बाबुराम विष्ट र जातिय एवंम धार्मिक समन्वय विभागको सरजुग सरदार गरी जम्मा २७ वटा विभागको संयोजक गठन गरेको क्षेत्रीय सभापति ऐयुब अन्सारीको भनाइ छ ।








