इनरुवा । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट इनरुवा शाखाले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पाँचौ वार्षिक उत्सवको अवसरमा आईएमई लाइफ इन्स्योरेन्स इनरुवा शाखाले नबयुग एकेडेमी बलाहा र शारदा माध्यमिक विद्यालयमा आइतवार बीमा जागरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स इनरुवा शाखा प्रबन्धक पुष्कर पोखरेलले विद्यार्थीहरुलाई जीवन बीमाले व्यक्तिको जीवनमा आइपर्ने वित्तीय जोखिमहरुबाट बच्नका लागि मद्दत गर्छ भन्ने कुराको जानकारी दिइएको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







