लौकही । आम निर्वाचनको मिति घोषणा भएपछि सुनसरी क्षेत्र नम्बर ४ मा समेत कस्ले टिकट पाउलान् भन्ने चर्चा सुरु भएको छ । आउँदो मंसिर ४ गतेको लागि घोषणा गरिएको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट संघीय सांसदको लागि ज्ञानेन्द्रबहादुर कार्कीको नाम निर्विकल्प रहेको छ भने प्रदेश सभा क र ख को लागि नेताहरु दौडधुप गरिरहेका छन् । यसै क्रम सुनसरी क्षेत्र नम्बर ४ (ख ) बाट प्रदेश सभा सांसदको लागि नेपाली कांग्रेस पार्टीको तर्फबाट डाक्टर हाजी इसराइल मन्सुरीले दाबी गरेका छन् ।

प्रदेश सभाको लागि मन्सुरीले दाबी गरेपछि उनको पक्षमा जनलहर देखिएको छ् । भोक्राहा नरसिंह गाउँपालीकासँगै आसपास क्षेत्रका जनताको दुख सुखमा साथ दिदै आएका मन्सुरीलाई गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा अन्याय भएको भन्दै यसपटक पार्टी उनलाई न्याय गर्नेमा यसक्षेत्रका सर्वसाधारण विश्वस्त छन् । लामो समय स्वास्थ्य क्षेत्रमा आवद्ध भएर जनतालाई घर घरमा पुगेर सेवा दिएका मन्सुरी यसक्षेत्रका लोकप्रिय नेता हुन । सोही कारण उनले आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीयस्तरका पार्टीका नेताकार्यकर्ताहरुका साथै वडा वडामा पुगेर सर्वसाधारणसँग छलफल सुरु गरेका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य र नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति समेत रहेका मन्सुरीले यसपटक पार्टीले आफूलाई टिकट दिनेमा ढुक्क रहेको बताउँछन् । आफू राजनीतिमा सेवाको भावनाले लागेको हुँदा निरन्तर जनताको आशा र अपेक्षाअनुसार काम गरिरहने उनको अठोट छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








