लौकही । आउँदो मंसिर ४ गते हुन लागेको प्रदेश सभा चुनावको लागि नेपाली कांग्रेसका अग्रज नेता सदानन्द मण्डलले दाबी गरेका छन् । उनी नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ बाट लोकप्रिय मतसहित निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधिसँगै हालै नेपाली कांग्रेस सुनसरी क्षेत्र ४ को क्षेत्रीय कार्य समितिले नेता मण्डललाई संगठन विभाग संयोजकको जिम्मेवारी दिएको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै नेता मण्डलको पक्षमा समाजिक संजालमार्फत उनको पक्षमा आवाज उठिरहेको छ । लामो समयदेखि पार्टीमा योगदान गर्दै स्थानीय तह निर्वाचनमा समेत पार्टीका उम्मेदवारलाई जिताउन अहम् भूमिका निर्वाह गर्नुका साथै पुरानो नेता भएकाले सदानन्द मण्डलले यसपटक प्रदेश सभा (क) बाट टिकट पाउने सम्भावना मजबुत देखिएको नेपाली कांग्रेस निकट श्रोतको दाबी छ् । आउँदो मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ (क ) बाट प्रदेश सभाको लागि नेपाली कांग्रेस पार्टीको तर्फबाट महाधिवेशन प्रतिनिधि,इमानदार,कर्तव्यनिष्ट,जुझारु नेता आदरणीय सदानन्द मण्डलले यसपटक टिकट पाउनेमा हामी आशावादी छौं भन्दै कोसी गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य साह जमालले फेस्बुकमा स्टाटस लेखेका छन् । आफूलाई जस्तोसुकै परिस्थितिमा पार्टीले जिम्मेवारी दिएपनि त्यसलाई इमानदारीसाथ निर्वाह गर्दै पार्टीको लागि दिनरात नभनी खट्दै आएको बताउदै नेता सदानन्द मण्डलले यसपटक जनताको माग र चाहनाअनुसार आफूले प्रदेशसभा सांसदको लागि टिकट पाउने पूर्ण आशावादी रहेको बताउँछन् ।








