लौकही । आउँदो मंसिर ४ गते हुन लागेको प्रदेश सभा चुनावको लागि नेपाली कांग्रेसका युवा नेता मनोज साहले पनि दाबी गरेका छन् । उनी नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत हुन ।निर्वाचनको मिति घोषणा भएसँगै युवा नेता साह उत्साहित छन्। स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै युवा नेता भएकाले आफूले टिकट पाउने सम्भावना प्रबल देखिएको उनको दाबी छ ।

विगतको निर्वाचनमा पनि आफ्नो टिकट पाउने सम्भावना रहेपनि अन्तिम समयमा आएर टिकट नपाएको हुँदा यसपटक सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा (क) मा आफ्नो विकल्प नभएको युवा नेता साहको भनाइ छ । जनता आफ्नो पक्षमा रहेको बताउदै उनले आफूलाई टिकट दिएको अवस्थामा जित्ने सम्भावना मजबुत देखिएको बताए । आफूलाई पार्टीले दिएको जिम्मेवारी इमानदारीसाथ निर्वाह गर्दै पार्टीको लागि लामो समयदेखि खट्दै आएको बताउदै युवा नेता साहले यसपटक आफूले प्रदेशसभा सांसदको लागि टिकट पाउनेमा विश्वस्त रहेको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








