इनरुवा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा शुक्रबारबाट “जनताको साथमा कांग्रेस अभियान” चलाइने तयारी गरिएको छ । नेपाली कांग्रेस सुनसरीको आयोजनामा “जनताको साथमा कांग्रेस अभियान” (भदौ १० गते देखि २४ गते सम्म) चल्ने उक्त कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा गर्ने तयारी गरिएको नेपाली कांग्रेस सुनसरीका पार्टी सचिव वीरेन्द्रकुमार शाहले जानकारी दिए ।

सोही कार्यक्रमलाई मध्यनजर गर्दै बिहीबार सुनसरी सभापति केदार भण्डारीको सभापतित्वमा बसेको कार्य समिति बैठकले नेपाली कांग्रेसका प्रदेश पदाधिकारी एवं सदस्य, टोल तह देखि जिल्ला तह सम्मका सम्पुर्ण सभापति, पदाधिकारीहरु, क्रियाशिल सदस्य एवं साधारण सदस्यहरु, भातृ र शुभेच्छुक संस्थाका सभापति तथा पदाधिकारी लगायत लोकतन्त्र प्रति आस्थावान सम्पूर्णलाई सहभागिताका लागि अनुरोध गर्ने निर्णय गरेको सचिव शाहको भनाइ छ । “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस सुनसरी पार्टी कार्यालयमा शुक्रबार दिनको ११:३० बजे गर्ने निर्णय भएको उनले बताए । नेपाली कांग्रेस सुनसरीको बैठकले भदौ १० गते “जनताको साथमा कांग्रेस अभियान” उद्घाटनसँगै स्वर्गीय १६ गते प्रदिप गिरी को देहावसान जिल्लामा मा शोक सभा गर्ने,१७ गते देखि वडा र पालिकामा जिल्ला प्रतिनिधि र पदाधिकारीको सहभागिता मा अन्तरक्रिया र जनताको कुरा सुन्न घर घर जाने लगायत कार्यक्रम घोषणा समेत गरेका छन् ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









