भण्टाबारी । कोसी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गत रहेको पश्चिम कुसाहा-लौकही उपभोक्ता समितिको अध्यक्षमा पुनः राजकुमार सिंह निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी मलुद मियाँलाई हराउँदै पश्चिम कुसाहा-लौकही उपभोक्ता समितिको अध्यक्षमा बिहीबार पुनःसिंह निर्वाचित भएका हुन ।यसअघि उनी २०७४ सालमा पश्चिम कुसाहा-लौकही उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित भएका थिए । पश्चिम कुसाहा-लौकही उपभोक्ता समिति अन्तर्गत जम्मा छ वटा ईलाका छन् । प्रत्येक ईलाकाबाट एकजना पुरुष र एकजना महिला गरी जम्मा १२ वटा मतदाता रहेकोमा राजकुमार सिंहलाई नौ जनाले मत दिएर विजयी गराए भने उनको प्रतिस्पर्धी मियाँलाई तीनजनाले मात्रै मतदान गरे ।
यसैगरी उक्त समितिको उपाध्यक्षमा इन्द्रदेव यादव,सचिवमा सुमन भनिने सत्यवान मण्डल,सहसचिवमा पवित्रा देवी मण्डल,कोषाध्यक्षमा अमेरिकादेवी यादव,सदस्यहरुमा अल्फेज अन्सारी,मलुद मियाँ,उमेश यादव,आशादेवी उराँव,निलम कुमारी मण्डल,चन्द्रकला यादव र सुनिता यादव चयन भएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गत रहेको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालीका वडा नम्बर १,वडा नम्बर २ र वडा नम्बर ३ का वडाध्यक्षहरुको उपस्थितिमा आफ्नो अध्यक्षतामा १२ सदस्यीय कुसाहा-लौकही उपभोक्ता समिति चयन भएको बताउदै अध्यक्ष राजकुमार सिंहले दलित वा जनजातिमध्येबाट अन्य एकजना सदस्य मनोनीत गरिने बताए । पहिलो कार्यकालमा कोसी टप्पु क्षेत्र सम्बर्द्धन र प्रवर्द्धनमा गरेको कामको मूल्यांकन गर्दै मतदाताले आफूलाई पुनः निर्वाचित गराएको उनको भनाइ छ ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...