लौकही । आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस पार्टीले सूचना,सञ्चार तथा प्रविधि मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको छ । आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ संघीय सांसदको लागि ज्ञानेन्द्रबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । सुनसरी क्षेत्र नम्बर ४ का सभापति अन्सारीको सभापतित्वमा आइतबार बसेको क्षेत्रीय कार्य समितिको बैठकमा यस क्षेत्रका महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि , जिल्ला तथा क्षेत्रका पदाधिकारी, पालिका तथा वडाका पदाधिकारी सहितको उपस्थित रहेको थियो। बैठकले २०७४ सालमा निर्वाचित कार्कीलाई पुनः सुनसरी ४ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








