मिकाइल आलम
इनरुवा । लामो समयदेखि कोसी टप्पु वन्यजन्तु आरक्षको विकासमा योगदान पुर्याउदै आएका कोसी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुसाहाका राजकुमार सिंह कोसी टप्पु वन्यजन्तु आरक्षको व्यवस्थापन समिति अध्यक्ष पदमा निर्वाचित भएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा बिहीबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै उनी व्यवस्थापन समिति अध्यक्ष पदमा निर्वाचित भएका हुन । कोसी टप्पु वन्यजन्तु आरक्षको व्यवस्थापन समिति अध्यक्ष निर्वाचनमा जम्मा नौ जनालाई मतदान गर्ने अधिकार रहेकोेमा सिंहले नौ मध्ये छ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिद्वन्द्वीले तीन मत मात्रै प्राप्त गरे । निर्वाचित सिंहलाई स्थानीय तह निर्वाचनमा कोसी गाउँपालीका अध्यक्ष पदका प्रत्यासी उम्मेदवारहरु अजय कुशियैत,देवकृष्ण यादवसहित माओवादी केन्द्रका तजमुल मन्सुरी,नेकपा एमालेका श्यामसुन्दर सिंहलगायतले बधाई दिएका थिए ।
नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, २०६१ साल भदौ ३१ गते मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन गरेको थियो । मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७५ वर्ग किलोमीटर रहेकोमा यस अन्तर्गत सुनसरी, सप्तरी, उदयपुर जिल्लाका भूभाग पर्दछ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहने प्रावधान रहेकोे छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग गरेर सल्लाहकारको भूमिका निर्वाह गर्ने कार्य गर्दै आएको नवनिर्वाचित अध्यक्ष सिंहको भनाइ छ । निर्वाचित सिंहले आफ्नो कार्यकालमा कोसी टप्पु वन्यजन्तु आरक्षको विकास र विस्तारमा ध्यान केन्द्रित गर्ने बताए ।
यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौं राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोसी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामी सप्तकोशी नदीको तटमी अवस्थित छ। यो आरक्ष २०३२ साल (सन १९७६) मा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमाई स्थापना भएको हो। कुल क्षेत्रफल १७५ वर्ग किलोमिटर भएको यो आरक्ष नेपालको सबैभन्दा सानो आरक्षण हो। यसको दक्षिणी सिमाना सप्तकोशी नदीको बाँध रहेको छ। ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।