भण्टाबारी । कोसी गाउँपालीकाले अपाङ्गता राेकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण गरेको छ । विभिन्न चरणमा भएका स्वास्थ्य परीक्षण शिविर र गृहभेटबाट सिफारिस भएका व्यक्तिहरूलाई आवश्यकता अनुसार बिहीबार सहायक सामाग्री वितरण गरिएको कोसी गाउँपालीकाका सामाजिक शाखा प्रमुख नायब सुब्बा राजकिशोर मेहताले जानकारी दिए । विभिन्न सहायक सामाग्रीहरू अन्तर्गत पाँचजनालाई ट्राई साइकल,छ जनालाई व्हिल चेयर, १० जनालाई ट्वालेट चेयर, १२ जनालाई ल्स्टीक,आठजनालाई सिपी चेयर र चारजनालाई स्टाण्डिङ्ग चेयर गरी जम्मा ४५ जनालाई गाउँपालीकाको कार्यालयले सहायक सामाग्री वितरण गरेको हो ।
उक्त सहायक सामाग्री वितरण कार्यक्रम कोसी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने अपाङ्गता भएका व्यक्तिहरुलाई उपाध्यक्ष यादवका साथै करूणा फाउन्डेसन जिल्ला संयाेजक भारती देव, कार्यक्रम संयाेजक राजकिशोर मेहता, वडा नम्बर ३ का अध्यक्ष सुलेमान मंसुरी, स्वास्थ्य संयाेजक,महिला तथा बालबालिका संयोजक रितामाया मगरलगायतको उपस्थिति रहेको थियो । वितरण गरिएको सामाग्री प्रयाेग गर्न लाभग्राहिहरूलाई सिबिआरका सहजकर्ताहरू राजेश यादव,प्रमेश्वरी मण्डल,सिताराम साह र मिलिजुलि समुहका अध्यक्ष जितेन्द्र साहले तालिम दिएका थिए ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...