इनरुवा । सुनसरीबाट मंगलबार विभिन्न मुद्दामा फरार रहेका ६१ जना प्रतिवादीहरु पक्राउ परेका छन् । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६१ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको बिशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि सुनसरी जिल्ला अदालतमा बुझाइएको सुनसरी प्रहरीले जनाएको छ् ।
यसैबीच सुनसरी प्रहरीले साउनयता दुई महिनाको अवधीमा अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका १३० जना प्रतिवादिहरुलाई पक्राउ गरेको छ । विगतमा भारतमा लुकेर बसेका कतिपय अभियुक्तहरु कोभिड -१९ महामारीमा नेपाल फर्किएकाले पनि फरार अभियुक्तहरू पक्राउ गर्न प्रहरीलाई केही सहज भएको बताइएको छ । धेरै संख्यामा फरार अभियुक्त पक्राउ पर्नुको प्रमुख कारण प्रहरीको सक्रियता नै भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी ढकालको कथन छ । अपराध गरेपछि ढिलो-छिटो भएपनि सजाय भोग्नुपर्छ भन्ने सन्देश दिन फरार अभियुक्त पक्राउ अभियान चलाइएको उनले बताए । सुनसरी प्रहरीको फरारी पक्राउ अभियान अन्तर्गत अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ रहेको बताउदै एसपी ढकालले भने अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायरावाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ यो निरन्तर चल्ने अभियान हो । पक्राउ परेका प्रतिवादीहरुबाट २६ वर्ष आठ महिना ३ दिन कैद र चारलाख २० हजार ३४ रुपयाँ जरिवाना असुल गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख एसपी ढकालको भनाइ छ । पक्राउ परेका फरार प्रतिवादीहरुमा कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकिएकाहरु छन ।
प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...