इनरुवा । नेपाल प्रहरीले भारतबाट जोगीको भेषमा वा माग्नेको भेषमा बच्चा चोरी गर्ने भन्ने बजारमा फैलिएको हल्ला अफवाह मात्र भएको जनाएको छ । बच्चा चोर भएको आशंकामा मंगलबार सुनसरीको विभिन्न स्थानबाट पक्राउ परेका व्यक्तिहरु निर्दोष भएको सुनसरी प्रहरीले जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्तिहरु बारेमा आवश्यक अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । उनले अनावश्यक हल्लाको पछि लागेर नचिनेको व्यक्ति भएकै आधारमा कोही कसैमाथि हातपात नगर्न/न गराउन सबैमा आग्रह गरेको गरेका छन् ।
यसैबीच एक सार्वजनिक सूचना जारी गर्दे नेपाल प्रहरीको साइबर व्युरो भोटाहिटीले सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतबाट जोजी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरुको चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका विभिन्न अंगहरु झिकी बिक्री गर्ने गरेको भन्ने सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक रहेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीको कुनै पनि कार्यालयमा त्यससम्बन्धी कुनै पनि उजुरी नपरेकोले यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकलाई सुनसरी प्रहरीले अपिल समेत गरेको छ । यदी कुनै पनि अपराधसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन र सामाजिक सञ्जालमा भ्रामक सूचना प्रचार गर्ने जो कोहीलाई पनि प्रचलित कानूनबमोजिम कारबाही गरिने सुनसरी प्रहरीको भनाइ छ ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...