मुस्ताक आलम लौकही । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ५ स्थित रहेको मदरसा दारुल होदा सल्फियाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कोसी गाउँपालीका वडा नम्बर ५ का वडाध्यक्ष साहजमालले उक्त मदरसाका विद्यार्थीहरुलाई बिहीबार शैक्षिक सामाग्री वितरण गरेका हुन । मदरसामा अध्ययनरत गरिब तथा विपन्न वर्ग का ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको मदरसा दारुल होदा सल्फिया व्यवस्थापन समितिका अध्यक्ष महम्मद मुर्तुजाले जानकारी दिए ।

विद्यार्थीहरुलाई किताब,कोपी लगायत शैक्षिक सामग्री वितरण गर्दै वडाध्यक्ष साहजमालले पछाडि परेका विद्यार्थीहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए । शिक्षा विनाको जिवन अन्धकारभय हुने भएकोले अभिभावक वर्गले आफ्ना बालबालिका निरन्तरता मदरसा वा विद्यालय पठाउनुपर्नेमा उनले जोड दिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








