भण्टाबारी । प्रदेश नम्बर १ को मुख्य प्रवेशद्वारका रूपमा रहेको कोसी गाउँपालीका ८ स्थित कोसी ब्यारेज क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको थियो । पर्यटकीय क्षेत्र समेत रहेको कोसी ब्यारेज क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा दैनिक ओहोरदोहोर गर्ने सर्वसाधारणलाई समस्या हुने गरेको समाचार केही समय अगाडि प्रकाशित भएपछि कोसी गाउँपालीका वडा नम्बर ८ मै पर्ने भण्टाबारी बजार क्षेत्रमा सार्वजनिक शौचालय संचालनमा ल्याइएको छ ।
सार्वजनिक शौचालय हुँदा सर्वसाधारणसँगै यात्रुहरूलाई समस्या हुने गरेकोमा शौचालय संचालनमा आएपछि उक्त समस्या समाधान भएको कोसी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष बलराम क्षेत्रीले बताए । वर्षौंदेखि भएको पुरानो शौचालय प्रयोगविहीन हुँदा र नयाँ शौचालय बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान नजादा आफूहरूलाई शौच गर्न समस्या हुने गरेकोमा पटकपटकको ध्यानाकर्षण पश्चात् शौचालय संचालन ल्याएपछि स्थानीयका साथै यात्रुहरू लाभान्वित हुने स्थानीय मिलतुल मियाँले बताए । पूर्व पश्चिम लोकमार्ग हुँदै आवतजावत गर्ने दैनिक सयौं यात्रुहरूका साथै स्थानीयवासीलाई समेत शौच गर्नसकिने सार्वजनिक शौचालयको शुक्रबार कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेका हुन् । दैनिक हजारौं सर्वसाधारण ओहोरदोहोर गर्ने बजारमा शौच गर्न सार्वजनिक शौचालय नहुँदा होटलमा जानुपर्ने बाध्यता थियो ।
पुरुष मान्छे सार्वजनिक शौचालय नहुँदा खुला ठाउँमा भएपनि शौच गरेपनि महिलाहरुलाई बढी समस्या हुने गरेकोले भण्टाबारी र कोसी ब्यारेज क्षेत्रमा थप सार्वजनिक बनाउनुपर्नेमा स्थानीयको भनाइ छ । कोसी गाउँपालीकाको कार्यालयले सर्वसाधारणको ओहोरदोहोर हुने मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय बनाउने योजना अन्तर्गत भण्टाबारी बजारमा डेढ लाख लागतमा सार्वजनिक शौचालय संचालन ल्याइएको जनाएको छ । कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा स्थानीयवासी र सर्वसाधारण यात्रुहरूलाई समस्या हुने गरेको बारे गुनासो आएपछि भण्टाबारी बजार क्षेत्रमा सार्वजनिक शौचालय संचालनमा ल्याइएको र अन्य क्षेत्रमा समेत बनाउने तयारी भइरहेको बताए । उपयुक्त स्थानमा जग्गा उपलब्ध नभएकोले सार्वजनिक शौचालय निर्माण गर्न केही समय लागेको उनको कथन छ ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...