ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

ऐयुब अन्सारीको नेतृत्वमा कोसीमा विकासको लहर

आवर कोशी by आवर कोशी
अशोज ९, २०७९
ऐयुब अन्सारीको नेतृत्वमा कोसीमा विकासको लहर
77
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । दोस्रो पटक जनप्रतिनिधि निर्वाचित भएपछि कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको नेतृत्वमा कोसी गाउँपालीकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । सडक सञ्जाल निर्माण, विस्तार तथा स्तरोन्नति, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचना निर्माण, कृषि तथा सिँचाइको विकास, सुशासन प्रवर्द्धनलगायत कार्यमा गाउँपालीकाले उल्लेख्य उपलब्धि गाउँपालीकाले हासिल गरिरहेको पाइएको छ । जनताले लगातार दोस्रोपटक आफ्नो नेतृत्वमा जनप्रतिनिधि निर्वाचित गराएपछि गाउँपालीकाले शिक्षाको स्तरका साथै पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउदै कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले चौतर्फी विकास निर्माणकार्यलाई थप तीव्रता दिने योजना रहेको बताउँछन् ।

कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारी अवस्थित रहेको मदरसा दारुसलाममा आइतबार दुईकोठे भवन उद्घाटन गर्दै उनले निर्माण गरिएको भवन संचालनमा आएपछि मदरसामा अध्ययन अध्यापन गर्न गराउन थप सहज हुने बताए । भ्याटबाहेक १५ लाख १९ हजार ३७६ रुपैयाँ लागतमा हित्त कन्स्ट्रक्सन प्रालि काठमाडौले निर्माण सम्पन्न गरेको दुईकोठे मदरसा भवन एकभव्य कार्यक्रमका बीच अध्यक्ष अन्सारीले उद्घाटन गरेका हुन । यसैबीच आइतबार बिहानै निर्माण गरिएको वडा नम्बर ८ को स्वास्थ्य चौकीको समेत अध्यक्ष अन्सारीले उद्घाटन गरेका छन् भने कोसी गाउँपालीका वडा नम्बर ८ अवस्थित रहेको श्री आधारभूत बिद्यालय भण्टाबारीको बन्न लागेको चारकोठे बिद्यालय भवनको शिलान्यास समेत उनले गरेका छन् ।

उक्त चारकोठे भवन भ्याटबाहेक ३५ लाख ३४ हजार ७४० रुपैयाँ लागतमा बनाउनको लागि ठेकेदार कम्पनी पिहु एण्ड राज कन्स्ट्रक्सन प्रालिले सम्झौता गरेको छ । उक्त काम असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसैबीच अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री आधारभूत बिद्यालय भण्टाबारीलाई ३० वटा र मदरसा दारुसलाम भण्टाबारीलाई यथाशीघ्र १६ वटा फलामे डेस्क बेन्च उपलब्ध गराउन अध्यक्ष अन्सारीले निर्देशन दिएका छन् ।

त्यसैगरी मदरसा दारुसलाममा स्वच्छ खानेपानी अभाव भएको गुनासो आएपछि उक्त समस्या समेत केही दिनमै समाधान हुने उनले प्रतिबद्धता व्यक्त गरे । त्यस्तै बिद्यालय वा मदरसामा माटो पुरेर घेराबेरा गरिने अध्यक्ष अन्सारीले बताए । विकास निर्माणकार्य वा शिक्षाको स्तर सुधार गर्न आफू निर्वाचित भएदेखि लागिपरेको बताउने अध्यक्ष अन्सारीले त्यसमा राजनीति नगर्न सबैलाई ध्यानाकर्षण समेत गराए । कमि कमजोरी भएको अवस्थामा सकारात्मक सुझाव ग्रहण गर्न आफू तत्पर रहेपनि विकासमा राजनीति गरिएमा जनस्तरबाट स्वीकार्य नहुने उनको दाबी छ ।

मदरसा दारु सलाम भण्टाबारी व्यवस्थापन समितिका अध्यक्ष हाजी इद्रीस मियाँको अध्यक्षता तथा गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा कोसी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव, कोसी गाउँपालीका ८ नम्बर वडाध्यक्ष बलराम क्षेत्री ,वडा नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरी,तजमुल मन्सुरी,व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादव,कार्यपालीका सदस्य राजकुमार साह,सर्जुग सरदार,बसिरन खातुन,वडा सदस्य कमरुद्दिन मियाँ,किरण लामा,कोसी गाउँपालीका प्राविधिक शाखा प्रमुख रोशन शर्मा, कोसी गाउँपालीका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास,प्राविधिक मुन्ना ठाकुर, अलाउद्दिन अन्सारी,स्थानीय हाजी उसमान मियाँ,इलियास मियाँ, मन्जुर आलम,शमसाद आलम, मिन्तुल आलम, रघुनाथ देव, जगदीश कामैत,ममताज आलम, ऐजुल मियाँ, मदरसा दारुसलामका प्रअ कासिम मियाँ, मौलाना प्रवेज मियाँ, असफाक नदवी,मास्टर ओली महम्मदलगायतको उपस्थिति रहेकोे थियो । 

Tags: विकासको लहर

Related Posts

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

by आवर कोशी
माघ ५, २०८२
0

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले सुनसरीमा उम्मेदवार फेरवदल गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेका अवुल हुसेन अन्सारीलाई...

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार
प्रदेश

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

Read more
सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

माघ ५, २०८२
कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

पुस २८, २०८२
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    694 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.