मुस्ताक आलम
लौकही । सशस्त्र प्रहरी वल नेपाल श्रीपुरको आयोजनामा कोशी गाउँपालिका ५ नम्बर वडामा सिमा सम्बन्धी छलफल भएको छ। उक्त छलफलबाट कोशी गाउँपालिका ५ का वडा अध्यक्ष साहजमालको संयोजकत्वमा ७ जनाको निगरानी समिति समेत गठन गरिएको छ । सो समितिले सीमामा हुने आपराधिक गतिविधिका साथै चाडपर्वको समयमा सीमा क्षेत्रका बासिन्दाहरुको शान्तिसुरक्षा बनाइराख्न भूमिका निर्वाह गरिने वडा अध्यक्ष साह जमालले जानकारी दिए ।
सशस्त्र प्रहरी वल नेपाल श्रीपुरका इन्स्पेक्टर हरिचन्द्र खड्काको अगुवाइमा बसेको सो बैठकमा नागरिकको तर्फबाट समेत सकारात्मक सुझावहरु दिइएको थियो । उक्त छलफल कार्यक्रममा बोल्दै ५ नम्बर वडा अध्यक्ष साह जमालले खुला सीमानाबाट वर्षौंदेखि दुवै मुलुकका नागरिकहरू आवत-जावत गरिरहेका बताउदै चार्डपर्व र चुनावमा हुनसक्ने सम्भावित घटनाहरुको कारण सीमा क्षेत्रमा निगरानी समिति आवश्यक रहेको बताए । सीमावर्ती क्षेत्रका अधिकांश बासिन्दा भारतीय बजारमा निर्भर छन् । सो कार्यक्रममा बिओपी श्रीपुरका इन्स्पेक्टर खड्काले सीमामा शान्ति सुरक्षाको सवालमा नागरिकको पनि साथ सहयोग लिएर आगाडि बढने र नागरिकलाइ कुनै पनि किसिमको अप्ठ्यारो परेको खण्डमा सशस्त्र प्रहरी हरपल सहयोग गर्न तयार रहेको बताए ।








