भण्टाबारी । ठुलो चाड दशै तिहार मनाउन स्वदेश फर्किने नेपालीहरुलाई लक्षित गरेर सीमामा सशस्त्र प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरिएको छ । एसएसबीसंग सहकार्य गरेर भारतसंग सीमा जोडिएको सुनसरीको विभिन्न स्थानमा संयुक्त सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मजदुरी गर्न भारत गएका नेपालीहरुलाई मध्यनजर गरेर सीमामा सशस्त्र प्रहरीले सहायता कक्ष स्थापना गरेको हुँदा सीमा क्षेत्र हुँदै नेपाली ग्राहक सहज रुपमा आवतजावत गर्न पाएको बिओपी भण्टावारीले जनाएको छ । नेपाल भारतका सुरक्षाकर्मीको संयुक्त प्रयासमा सीमा नाकामा सहायता कक्ष स्थापना भएपछि भारतबाट फर्किने नेपालीहरु सहज महसुस गरेका छन् । विगतका समयमा चाडपर्वको बेला भारतबाट फर्किने क्रममा सीमा क्षेत्रमा दुख पाएपनि यसपटक त्यस्तो गुनासो आएको छैन । सहायता कक्षमा सशस्त्र प्रहरी र एसएसबी सुरक्षार्थ बस्ने गरेका छन् । सहायता कक्ष स्थापना भएपछि दुवै देशका सुरक्षाकर्मीले भारतबाट आउनेलाई प्रतिबन्धित बस्तु ल्याएको शंका लागेमा सरसामान खोलेर हेर्ने, रिक्सा लगायत विभिन्न माध्यमबाट ठगिनबाट बचाउन निगरानी गर्दै आएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








