इनरुवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि नेकपा एमालेका नेता जगदीशप्रसाद कुशियैतले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी सदरमुकाम इनरुवा स्थित रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय शिक्षा तालिम केन्द्रमा सयौंको संख्यामा रहेका नेताकार्यकर्ताको उपस्थितिमा उनले मनोनयन दर्ता गराएका हुन । उनी सुनसरी क्षेत्र नम्बर ४ (क) बाट २०७४ सालको निर्वाचनमा विजयी भई तत्कालीन शेरधन राईको प्रदेश सरकारमा उद्योग,वन पर्यटन तथा वातावरण मन्त्री भएका थिए ।

यसैगरी सुनसरी क्षेत्र नम्बर ४ क तर्फबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएका छन् भने ख मा केही समय अगाडि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








