इनरुवा । सुनसरीको इटहरीमा सफारी चालकको हत्या गर्ने मुख्य आरोपित र सहयोगीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै सुनसरी प्रहरीले सोमबार घटनामा संलग्न दुईजनालाई सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार शनिबार साँझ साढे ६ बजेको समयमा इटहरीको नेशनल गल्लीमा खुकरी प्रहार गरी इटहरी ५ बस्ने ३८ वर्षीय भुवने चौधरीको हत्या भएको थियो ।खुकुरी प्रहारबाट चौधरीको बायाँ हात छिनेको थियो । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ बजे निधन भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न इटहरी ५ कै ४३ वर्षीय रामकुमार भुजेल र सहयोगी इटहरी ६ बस्ने २७ वर्षीय बेदप्रकाश मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
‘घटना भएको २४ घण्टा नबित्दै हामीले खुकुरी प्रहार गर्ने रामकुमार भुजेल र सहयोगी बेदप्रकाश मण्डललाई पक्राउ गरेका हौँ,’ एसपी ढकालले भने, ‘घटना भएको जानकारी पाएको एक मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो, पुरानो रिसईबीले अचानक खुकुरी प्रहार भएको देखिन्छ, घटनाबारे हामी अझै अनुसन्धानकै क्रममा छौँ ।’पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भुजेल मृतक चौधरीको जेठान रहेको र यसअघि पनि पारिवारिक झडप भएको खुलेको छ ।‘यसअघि पनि उनीहरूबीच घरायसी विवाद भएकाले वडाध्यक्षसहित गाउँघरमै छलफल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ढकालले भने, ‘मृतक चौधरी सफारी चालक र खुकुरी प्रहार गर्ने भुजेल अटो रिक्सा चालक रहेको पाइएको छ ।’घटनापछि सफारी चालकहरूले प्रहरीको शान्ति सुरक्षामाथि प्रश्नचिह्न उठेको भन्दै आन्दोलन समेत गरेपछि दुवैजना सफारी चालकै रहेको साथै घरायसी विवाद भएको एसपी ढकालले बताए ।‘सिटी सफारी चालकप्रति असुरक्षा भन्ने विषयवस्तु नै होइन, चालक नै यसमा संलग्न भएको र पारिवारिक सँगै दुवैजनाको रिसईबी भएकाले उहाँहरूबीच नै जोडिएको घटना हो,’ उनले भने, ‘एकजना व्यक्तिले मार्ने नियतले हातै छिनाउनु यो गम्भीर जघन्य अपराध हो, यसमा गहिरो र गम्भीर अनुसन्धान हुन्छ ।’
शिक्षक सेवा तयारी कक्षा समपन्न
लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...