ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

ज्ञानेन्द्रबहादुर कार्की जो विकास चाहन्छन्

आवर कोशी by आवर कोशी
अशोज २८, २०७९
“विकासप्रेमी” मन्त्री कार्कीको पहलमा एक करोड १३ लाख विनियोजन
73
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुगम जिल्ला सुनसरीको दुर्गम गाँउको रुपमा रहेको वराहक्षेत्र स्थित श्रीलंका टपुमा संघिय सरकारका सञ्चार तथा सुचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा बिजुली बत्ति आयो । गाउँमा बत्ति आए पछि स्थानीयले आधारभुत बिकासको महशुष गर्न थालेका छन् । अन्य विकासका योजनाको समेत ढोका गाउमा बिजुली बत्ति आएसंगै खुलेको छ । वराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ मा पर्ने टपुमा करिव ५ सय परिवार बसोबास गर्ने गर्दछन् । बिजुली बत्ति नहुदा स्थानीयहरु टुकि तथा सौलर उर्जाको प्रयोग गर्ने गर्थे ।

मन्त्री कार्कीकै निर्वाचन क्षेत्र सुनसरी – ४ मा रहेको एक मात्र बहुमुखी क्याम्पस सप्तकोसी बहुमुखी क्याम्पसको नया भवन निर्माणको कार्यमा पनि ज्ञानेन्द्र बहादुर कार्कीको महत्त्वपूर्ण योग्दान रहेको छ । कार्की गत २०७४ सालको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित भए पछि क्याम्पस भवनकोलागि जमिन उपलब्ध गराउन र भौतिक संरचनाकोलागि समेत महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् । ग्रामिण भेगमा उच्च शिक्षा उपलब्ध र थप व्यवस्थापन ज्ञानेन्द्र बहादुर कार्कीको चासो , सहयोगसधै भईरहेको छ । उनै कार्कीकै पहलमा क्याम्पसलाई अनुदान , यातायातको साधन , छात्रवृत्ति समेत उपलब्ध भईरहेको क्याम्पस प्रमुख खगेन्द्र बहादुर निरौला बताउछन् ।श्रीलंका टप्पुमा बिजुली बत्ति , क्याम्पस भवन मात्र नभई पालिका – पालिका जोड्ने सडक ,बिधुत मात्र नभई सञ्चार , भौतिक संरचनामा समेत ज्ञानेन्द्र बहादुर कार्कीले गरेको कामले उनलाई बिकास प्रेमी नेताको रुपमा क्षेत्रवासीले सम्बोधन गर्ने थालेका छन् ।

संघिय ईकाई कार्य आयोजना मोरङ्गका सिनियर डिभिजन इन्जिनियर प्रतिप सिहका अनुसार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकै पहलमा रामधुनि नगरपालिकाको वडा नं ४ बैठारबाट वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिसम्मको सडक कालोपत्रे सडक निर्मांण भइरहेको छ । बैठारबाट चक्रघट्टि बस पार्क हुँदै रागा चोक , बुधबारे चौक , ढाकुबारी र काली मन्दिर हुँदै खानेपानीबाट आइतवारेबाट बुधबारे चोक सम्मको निर्माणाधीन करिब १८ किलो मिटर सडक कालोपत्रे योजना पनि मन्त्री कार्कीको पहमा बजेट बिनियोजन भएको हो । कोशि गाउपालिकाको लोकही बजारमा कार्कीकै पहलमा टाउन हल निर्माण भईरहेको छ ।

मन्त्री कार्कीको पहलमा बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्चि सडक कालोपत्रे हुने भएको छ । सडकको डिभिजन कार्यलय बिराटनगर मार्फत पिआर इन्फाएटचर काठमाडौले निर्माणको जिम्मेवारी पाएको छ । सडकको लागि २० करोड ७० लाख ६८ हजार सडक डिभिजनका कार्यलयले बिनियोजन गरेको थियो । सडकको ६ किलोमिटर लम्बाई र ७ मिटर चौडाई रहने छ । उक्त योजनामा ४ वटा कल्भट, ३ वटा स्लाप कल्भट समेत निर्माण हुनेछ । ८०० मिटर नालि रजाली ६७५ धन मिटर निर्माण हुनेछ । मन्त्री कार्कीको पहलमा कोसि गाउँपालिका -२ देखि वडा नम्वर -३ सम्मको ग्रामीण सडक कालोपत्रे हुने भएको छ । मन्त्री कार्कीको पहलमा सडक बिभागको योजनामा उक्त सडक कालोपत्रे हुने भएको हो । कोसि गाउँपालिकाको फुल चौक नजिकै सदान्न मण्डलको घर अगाडिबाट निर्माण हुन्ने सडक बाबुजी साहाको घर हुँदै कोसि टप्पु, गल्फरीया , शिब चौक, कटान सडकसम्म करिब १३ किलोमिटर सडक कालोपत्रे हुनेछ । यसकालागि २५ करोड बजेज सडक सडक बिभाग मार्फत केन्द्रीय योजनामा परेको छ । मन्त्री कार्कीकै पहलमा वराहक्षेत्रमा ५५ सैयाको ट्रमा सेन्टर समेत निर्माण हुने प्रकृयामा रहेको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेस कार्कीले बताए । ट्रमा सेन्टर निर्माणको चाडै मन्त्री कार्कीले शिल्यनास गर्नेछन् ।मन्त्री कार्कीकै पहलमा कोशि टपु आरक्षणमा बिधुतिय धार जडानसंगै जंगली जनवारलाई नियन्त्रण गर्ने योजनाहरु सञ्चालन भएका छन् ।मन्त्री कार्कीकै पहमा वराहक्षेत्र – ७ मा रहेको बसन्तऋतृ माबिमा , वराहक्षेत्र – ८ कोशि माबिमा , वराहक्षेत्र – १० प्रकाश माबिमा , वराहक्षेेत्र – ११ जनता माबि लगाएमा भौतिक संरचना निर्माण भएका छन् । आर्थिक वर्ष २०८९/०८० मा संघिय सरकारबाट पनि दर्जनौ योजना सुनसरीमा परेका छन् ।आर्थिक वर्ष २०८९/०८० मा सुनसरीमा दुई दर्जन भन्दा बढि बिकासका योजना स्वीकृत भएका छन् । योजना स्वीकृत गर्न मन्त्री कार्कीको पहल रहेको छ । प्रदेस योजना आयोगका सदस्य नारायण कोईरालाका अनुसार मन्त्री कार्कीकै पहलमा क्षेत्र नं ४ र १ मा रहेका क्याम्पस तथा बिद्यालयहरु वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको बराह आदर्श क्याम्पसलाई २० लाख र वराहक्षेत्र वडा नं ७ मा रहेको सप्तकोशी बहुमुखी क्याम्पस १५ लाख पुजीगत अनुदान उपलब्ध भएको छ ।

त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं ७ मा रहेको वसन्तऋतु माध्यमिक बिद्यालयलाई ५ लाख , वराहक्षेत्र नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयलाइ ५ लाख , वराहक्षेत्र नगरपालिका वडा नं ५ मा रहेको मिलिजुली आधारभुत बिद्यालयलाई ६ लाख र वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको सिंह देवी आधारभुत बिद्यालयलाई ४ लाख विद्यालयको भौतिक पूर्वाधार विकासमा बिनियोजन भएको छ । त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं ८ कोशी माध्यमिक बिद्यालयलाई ३ लाख , वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा रहेको मोहन माध्यमिक बिद्यालयलाई ३ लाख, वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको आदर्श माध्यमिक बिद्यालयलाई ३ लाख विद्यालय स्वच्छ पिउने पानी व्यवस्थापनलाई बजेट बिनियोजन भएको छ । त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा रहेको राधाकृष्ण वेद विद्यालय बरहक्षेत्र ५ लाख , प्रदेश विकास संयोजक कार्यक्रम अन्तर्गत वराहक्षेत्र वराहक्षेत्र वडा नं ११ को धनजित आधारभूत विद्यालयमा आधारभूत विज्ञान शिक्षक र वराहक्षेत्र नगरपालिका वडा नं ३ मा रहेको महेन्द्र माध्मिक बिद्यालयमा ( मा.वि. शिक्षक अंग्रेजी/गणित /विज्ञान ) शिक्षकको व्यवस्थापन हुनेछ ।

त्यस्तै मन्त्री कार्कीकै पहलम इनरुवामा रहेको सुनसरी बहुमुखीलाई १५ लाख, रामधुनिमा रहेको रामजानकी आधारभुत बिद्यालयलाई ४ लाख , हरिनगराको जनता माध्यमिक बिद्यालयलो ५ लाख ,वराहक्षेत्र नगरपालिका वडा नं ९ मा रहेको सिरिजंगा यूकसिंग निसामहीमलाई ४ लाख , भोक्रामा रहेको मदरसा शेराजुल उलम ४ लाख, हरिनगराको जामीअतुल मुस्लिमातलाई ४ लाख र हरिनगराको मदरसा कस्मियालाई ४ लाख बिनियोजन भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको आदर्श खानेपानीमा पनि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थ मन्त्री हुदा नै सोलर जडान भएको थियो । मन्त्री कार्कीको पहलमा जडान भएको सोलरका कारण आदर्श खानेपानी उपभोक्ता समुहका उपभोक्ताले २४ सै घण्टा सफा पिउने पानी उपयोग गरिरहेको समितिका अध्यक्ष हरिकृष्ण भट्टराईले बताउछन् । मन्त्री कार्कीले खानेपानीको टंकि बनाउन र सर्व गर्न सहयोग गरेका थिए ।

मन्त्रि कार्कीबाटै वराहक्षेत्र – २ मा रहेको चतरा अस्पताललाई स्वास्थ्य उपकरण प्राप्त भएको थियो । अर्थ मन्त्री हुदा कार्कीले अस्पताललाई २० लाख वरावरको भिडियो एक्से मिसिन उपलब्ध गराएका थिए । मन्त्रि कार्कीबाट वडा नं १ चतरा धाममा रहेको शान्तिकुञ्ज भित्र मन्दिरकालागि रकम उपलब्ध भएको थियो । वराहक्षेत्रलाई धार्मिक रुपमा बिकास गर्न हाल निर्माण भएको सिस महलमा पनि मन्त्री कार्कीको सक्रियता रहेको छ । वराहक्षेत्र नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयको प्राङ्गणमा सोलर जडान र इन्भटर पनि मन्त्री कार्कीबाटै उपलब्ध भएको थियो । चक्रघट्टि जेसिजबाट सञ्चालन हुने गरि एम्बुलेन्स पनि कार्कीबाट प्राप्त भएको थयो। त्यस्तै चक्रघट्टिमा निर्माण भएको दुर्गाकालि मन्दिर , वराहक्षेत्र मन्दिरको बिकासमा पनि मन्त्री कार्कीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेका छन् ।

नेपाली कांग्रेसका प्रभावसाली केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्की मसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेस सभाको निर्वाचनमा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधि सभाको उमेदवार बनेका छन् । कार्कीलाई सत्ता गठबन्धन दल नेकपा माअोवादि केन्द्र र एकृकीत समाजबादीको समर्थन रहेको छ । सुनसरी क्षेत्रमा हरिनगरको १ देखि ७ नम्बर वडा , कोशी , भोक्राहा , इनरुवाको ३,४ र ८, वराहक्षेत्रको ६ देखि ११ नम्बर वडा र रामधुनि नगरपालिकाको वडा नं ४ सुनसरी क्षेत्र नं ४ मा पर्दछन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रदेस सभा क मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल र प्रदेस सभा ख मा मुस्लिम संघ प्रदेस १ सभापति हाजि डाक्टर इसराइल मन्सुरी उमेदवार बनेका छन् । सुनसरी ४ को क मा रामधुनी वडा नं ४ , वराहक्षेत्र नगरपालिकाको ६ देखि ११ नम्बर वडा र कोशी गाउपालिकाको सम्पूर्ण वडाहरु पर्दछन् । यस्तै प्रदेश सभा ख मा भोक्राहाको सम्पुर्ण वडा , इनरुवाको ३,४ र ८ नम्बर वडा र हरिनगरको १ देखि ७ नम्बर वडा पर्दछन् ।

Tags: ज्ञानेन्द्रबहादुर कार्की

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.