इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) भक्तबहादुर बिष्ट पुरस्कृत भएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा सोमबार उनी साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कारबाट पुरस्कृत भएका हुन । प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा असई विष्टलाई नगद ५० हजारसहित पुरस्कृत गरिएको हो ।

सुनसरी जिल्लामा कार्यरत भई विभिन्न समय भएका हातहतियार,चोरीपैठारी,लुटपाट,हत्या,अपहरणजस्ता आपराधिक गतिविधिको बारेमा सफल अनुसन्धान गर्दै अपराधी पक्राउ गर्न अहम् भूमिका निर्वाह गरेको भन्दै असई विष्टलाई पुरस्कृत गरिएको नेपाल प्रहरीले जनाएको छ । सम्मान र पुरस्कारबाट भविष्य थप राम्रो काम गर्न हौसला मिल्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए । फरक प्रसंगमा उनले सुनसरी प्रहरी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सक्रियताका साथ लागेको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








