ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी ४ मा कांग्रेसप्रति लोभलाग्दो आकर्षण

आवर कोशी by आवर कोशी
कार्तिक १, २०७९
सुनसरी ४ मा कांग्रेसप्रति लोभलाग्दो आकर्षण
60
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि सुनसरीमा चहलपहल बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन्  । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालले पनि आफ्नो वा गठबन्धनका उम्मेदवारहरुको पक्षमा चुनावी अभियान गरिरहेका छन् ।  

नेपाली कांग्रेसका उम्मेदवारहरुले असोज २३ गते लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मनोनयन दर्ता गराएपछि ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान थालेका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले स्थानीय निर्वाचनमा जस्तै पार्टीलाई सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशसभातर्फ क मा सदानन्द मण्डल तथा ख मा हाजी इसराइल मन्सुरीलाई बहुमतका साथ विजयी गराउने अभियानमा जुटेको बताए । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस पार्टीका उम्मेदवारहरुलाई आगामी निर्वाचनबाट यसपटक पुनः निर्वाचित गराउन अभियान थालिएको सभापति अन्सारीको भनाइ  छ । “निर्वाचनलाई मध्यनजर गर्दै हामीले अहिले हरेक वडा वडाबाट अभियान संचालन गरिरहेका छौँ । अभियानका दौरानमा पनि कांग्रेस पार्टीप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण आगामी निर्वाचनबाट प्रतिनिधिसभा र दुवै प्रदेशसभातर्फ जीत हासिल गर्छौं यसमा दुईमत छैन ” उनले दाबी गर्दै भने ।सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान संचालन गरिएको र नेपाली कांग्रेस सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पुर्‍याउनका लागि ´घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानमा आफूहरू व्यस्त रहेको सभापति अन्सारीको भनाइ छ । गाउँगाउँमा सङ्गठन विस्तार गरेर चुनावी अभियानलाई तीव्रता दिएको बताउदै उनले भने “सुनसरी क्षेत्र नम्बर ४ सहित कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा सुनसरी जिल्लाको चार प्रतिनिधिसभा र अधिकांश प्रदेशसभाको नतिजा निर्वाचनबाट बहुमत ल्याउने लक्ष्यका साथ हामी अघि बढेका छौं, जनमत हाम्रो पक्षमा नै आउँछ ।”

सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदको लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् भने अर्कोतर्फ नेकपा एमालेका नेता जगदीशप्रसाद कुशियैतले उम्मेदवारी दिएका हुन । वर्तमान शेरबहादुर देउवा सरकारमा सूचना,सञ्चार तथा प्रविधिसँगै कानुन,न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि सुनसरी क्षेत्र नम्बर ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भएका व्यक्ति हुन ।नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य तथा वर्तमान देउवा सरकारको प्रवक्ता समेत हुन नेता कार्की । यसैगरी सुनसरी क्षेत्र नम्बर ४ क मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल र ख बाट नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी डाक्टर इसराइल मन्सुरीले समेत प्रदेश सभा सदस्य पदको लागि मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट कार्कीको विरुद्धमा उम्मेदवार दिएका कुशियैत सुनसरी क्षेत्र नम्बर ४ (क) बाट २०७४ सालको निर्वाचनमा विजयी भई तत्कालीन शेरधन राईको प्रदेश सरकारमा उद्योग,वन पर्यटन तथा वातावरण मन्त्री भएका थिए ।

यसैगरी सुनसरी क्षेत्र नम्बर ४ क तर्फबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएका छन् भने ख मा केही समय अगाडि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा क तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता सदानन्द मण्डल र ख तर्फ हाजी डाक्टर इसराइल मन्सुरीले सुरु गरेको घरदैलो कार्यक्रममा उनीहरूलाई मतदाताले आफूहरू नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न प्रतिक्षारत रहेको बताउने गरेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ख का सचिव नईम अन्सारी बताउँछन् । २०७४ साल पश्चात् नेपाली कांग्रेसको नेतृत्वमा भएको आमूल विकास निर्माणकार्यबाट जनतामा आशा र भरोसाको सञ्चार उत्पदन भएको बताउदै सुनसरी क्षेत्र नम्बर ४ का निवर्तमान संघीय सांसद समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले घरदैलोमा कांग्रेसप्रति जनलहर देखिएको बताए । सुनसरी क्षेत्र नम्बर ४ का मतदाता मात्रै नभई नेपाली जनताले विकास र समृद्धि चाहेको बताउदै उनले यसपटकको निर्वाचनमा कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनले दुई तिहाई बहुमत ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

Tags: नेपाली कांग्रेस

Related Posts

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

by आवर कोशी
भदौ २८, २०८०
0

लौकही । सुनसरी जिल्लाको कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको अकुवा बर्डस ईको रिसोर्टमा द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम...

सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

by आवर कोशी
भदौ १९, २०८०
0

लौकही । सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी र डिएसपीको बिदाई गरिएको छ ।सफलतापूर्वक आफ्नो कार्यकाल पूरा...

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

by आवर कोशी
साउन ३२, २०८०
0

इनरुवा । नेपाल मुस्लिम संघ सुनसरीको सभापतिमा हारुन अन्सारी चयन भएका छन् । अन्सारी भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
प्रमुख समाचार

प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित

by आवर कोशी
भदौ ३०, २०८०
0

लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...

Read more
कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम

भदौ २८, २०८०
सुनसरीका एसपी र डिएसपीको बिदाई

सुनसरीका एसपी र डिएसपीको बिदाई

भदौ १९, २०८०
सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

सप्तकोसी नदिमा डुबेर युवकको मृत्यु

भदौ ४, २०८०
मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

मुस्लिम संघ सुनसरी सभापतिमा अन्सारी चयन

साउन ३२, २०८०
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    549 shares
    Share 220 Tweet 137
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    374 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    370 shares
    Share 148 Tweet 93
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    365 shares
    Share 146 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    360 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    286 shares
    Share 114 Tweet 72

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!