ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी ४ मा कांग्रेसप्रति लोभलाग्दो आकर्षण

आवर कोशी by आवर कोशी
कार्तिक १, २०७९
सुनसरी ४ मा कांग्रेसप्रति लोभलाग्दो आकर्षण
67
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि सुनसरीमा चहलपहल बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन्  । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालले पनि आफ्नो वा गठबन्धनका उम्मेदवारहरुको पक्षमा चुनावी अभियान गरिरहेका छन् ।  

नेपाली कांग्रेसका उम्मेदवारहरुले असोज २३ गते लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मनोनयन दर्ता गराएपछि ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान थालेका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले स्थानीय निर्वाचनमा जस्तै पार्टीलाई सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशसभातर्फ क मा सदानन्द मण्डल तथा ख मा हाजी इसराइल मन्सुरीलाई बहुमतका साथ विजयी गराउने अभियानमा जुटेको बताए । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस पार्टीका उम्मेदवारहरुलाई आगामी निर्वाचनबाट यसपटक पुनः निर्वाचित गराउन अभियान थालिएको सभापति अन्सारीको भनाइ  छ । “निर्वाचनलाई मध्यनजर गर्दै हामीले अहिले हरेक वडा वडाबाट अभियान संचालन गरिरहेका छौँ । अभियानका दौरानमा पनि कांग्रेस पार्टीप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण आगामी निर्वाचनबाट प्रतिनिधिसभा र दुवै प्रदेशसभातर्फ जीत हासिल गर्छौं यसमा दुईमत छैन ” उनले दाबी गर्दै भने ।सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान संचालन गरिएको र नेपाली कांग्रेस सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पुर्‍याउनका लागि ´घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानमा आफूहरू व्यस्त रहेको सभापति अन्सारीको भनाइ छ । गाउँगाउँमा सङ्गठन विस्तार गरेर चुनावी अभियानलाई तीव्रता दिएको बताउदै उनले भने “सुनसरी क्षेत्र नम्बर ४ सहित कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा सुनसरी जिल्लाको चार प्रतिनिधिसभा र अधिकांश प्रदेशसभाको नतिजा निर्वाचनबाट बहुमत ल्याउने लक्ष्यका साथ हामी अघि बढेका छौं, जनमत हाम्रो पक्षमा नै आउँछ ।”

सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदको लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् भने अर्कोतर्फ नेकपा एमालेका नेता जगदीशप्रसाद कुशियैतले उम्मेदवारी दिएका हुन । वर्तमान शेरबहादुर देउवा सरकारमा सूचना,सञ्चार तथा प्रविधिसँगै कानुन,न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि सुनसरी क्षेत्र नम्बर ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भएका व्यक्ति हुन ।नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य तथा वर्तमान देउवा सरकारको प्रवक्ता समेत हुन नेता कार्की । यसैगरी सुनसरी क्षेत्र नम्बर ४ क मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल र ख बाट नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी डाक्टर इसराइल मन्सुरीले समेत प्रदेश सभा सदस्य पदको लागि मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट कार्कीको विरुद्धमा उम्मेदवार दिएका कुशियैत सुनसरी क्षेत्र नम्बर ४ (क) बाट २०७४ सालको निर्वाचनमा विजयी भई तत्कालीन शेरधन राईको प्रदेश सरकारमा उद्योग,वन पर्यटन तथा वातावरण मन्त्री भएका थिए ।

यसैगरी सुनसरी क्षेत्र नम्बर ४ क तर्फबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएका छन् भने ख मा केही समय अगाडि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा क तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता सदानन्द मण्डल र ख तर्फ हाजी डाक्टर इसराइल मन्सुरीले सुरु गरेको घरदैलो कार्यक्रममा उनीहरूलाई मतदाताले आफूहरू नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न प्रतिक्षारत रहेको बताउने गरेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ख का सचिव नईम अन्सारी बताउँछन् । २०७४ साल पश्चात् नेपाली कांग्रेसको नेतृत्वमा भएको आमूल विकास निर्माणकार्यबाट जनतामा आशा र भरोसाको सञ्चार उत्पदन भएको बताउदै सुनसरी क्षेत्र नम्बर ४ का निवर्तमान संघीय सांसद समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले घरदैलोमा कांग्रेसप्रति जनलहर देखिएको बताए । सुनसरी क्षेत्र नम्बर ४ का मतदाता मात्रै नभई नेपाली जनताले विकास र समृद्धि चाहेको बताउदै उनले यसपटकको निर्वाचनमा कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनले दुई तिहाई बहुमत ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

Tags: नेपाली कांग्रेस

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.