इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन गठबन्धन दलका नेताहरूले सक्रियता बढाएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारको रूपमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाको सदस्यको उम्मेदवार भएका वर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश सभा सदस्यमा प्रदेश सभा (क) र (ख) मा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसबाट सदानन्द मण्डल र हाजी डाक्टर इसराइल मन्सुरीलाई निर्वाचित गराउन गठबन्धनमा रहेका दलहरूले संयुक्त रूपमा प्रचार गतिविधि थालेका छन् ।

गठबन्धनलाई विजय गराउन लोकतान्त्रिक वाम गठबन्धनको बैठकले सुनसरी क्षेत्र नं ४ को निर्वाचन परिचालन समितिको संयोजकमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रेवतिरमण दुलाललाई जिम्मेवारी दिएको छ। गठबन्धनमा रहेका ३ वटै दलका प्रतिनिधिहरू सदस्य रहेको समितिमा १३ जनाको मूल समिति गठन गरिएको हो। त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वराहक्षेत्रमा नगर स्तरीय एक हजार ५१ जना सदस्य रहेको निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । शुक्रवार बसेको संयुक्त गठबन्धनको बैठकले नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. ४ का सह-सचिव सन्तकुमार राईको संयोजकत्वमा १ हजार ५१ सदस्य रहेको समिति गठन गरिएको हो ।

गठबन्धन रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकृकित समाजवादीका प्रतिनिधिहरू सदस्य रहने छन् । जसमा नेपाली काङ्ग्रेसबाट अनिरुद्ध मण्डल, शंकर बस्नेत, तुलसी श्रेष्ठ, मानबहादुर कार्की नेकपा एकीकृत समजाबादीबाट गुरु प्रसाद अधिकारी, परशुराम आचार्य, माधव तिम्सिना र मानबहादुर तिगेला माओवादी केन्द्रबाट गणेश पाण्डे, बाबुराम ठकुरी, राम कोइराला र अनन्त कुमार मण्डल रहेका छन् । समितिमा वराहक्षेत्र नगरपालिकामा रहेका तीनबाटै पार्टीका वडा, नगर, प्रदेश, क्षेत्रीय समिति तथा कमिटीमा रहेका सदस्य एवम् पदाधिकारी सदस्य रहने छन् ।वराहक्षेत्र नगरपालिका लगायतका क्षेत्रभरकै वडा-वडामा समितिले कोण सभा, भेटघाट, कार्यालय स्थापना, वडा वडामा प्रचारप्रसार समिति गठन लगायतको कामलाई तीव्रता दिइने सुनसरी क्षेत्र नं ४ का निर्वाचन परिचालक समितिका संयोजक रेवती रमण दुलालले बताए।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








