इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफ्ना प्रतिस्पर्धीलाई बहस गर्न आउन चुनौती दिएका छन् । नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नम्बर ४ ले कोसी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यक्तिगत लान्छना लगाउने विपक्षीलाई एजेन्डा लिएर बहस गर्न आउन चुनौती दिएका छन् । चुनावी एजेन्डा नभएका केही उम्मेदवारले व्यक्तिगत लान्छना लगाउने काम गरिरहेको तर्फ इंगित गर्दै उनले भने ´सरकारबाहिर हुँदा पनि कोरोना महामारीका बाबजुद मेरो पहल र प्रयासले भएको विकास निर्माणकार्यबाट विपक्षीहरु हतोत्साहित भएका देखिन्छन् ।` वर्तमान शेरबहादुर देउवा सरकारमा सूचना ,सञ्चार प्रविधि एवं कानुन न्याय तथा संसदीय मामिलाका साथै सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका मन्त्री कार्कीले आफू प्रतिस्पर्धा गर्न नभई जनताको सेवा गर्न आएको बताए ।

आफू जितेर गएको अवस्थामा संसदमा ताली बजाउने वा गुनासोबारे ध्यानाकर्षण गराउने नभई जनसरोकारका विषयमा प्रत्यक्ष तवरबाट निर्णय लिनसक्ने वा गराउन सक्ने पहुँच राख्ने गरेको बारेमा सुनसरी ४ का मतदाता जानकार रहेको उनको भनाइ छ । २०७४ सालमा आफूले प्रतिबद्धता गरेकोमध्ये ८० प्रतिशत काम सम्पन्न भएको बताउदै मन्त्री कार्कीले अबको आफ्नो योजना भने स्वास्थ्य,शिक्षा क्षेत्र सुधार गरी गरिबी र बेरोजगारी हटाउनेतर्फ केन्द्रित रहने बताउँछन् । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने केही क्षेत्रमा सञ्चार सुबिधा पुग्न बाँकी रहेकोे कुरा यथार्थ भएको बताउदै उनले सञ्चारको पहुँच हरेक टोल टोलमा विस्तार गर्नको लागि काम सुचारु भइसकेको जानकारी गराए । आफू कम बोल्ने धेरै सुन्ने र बोलेको कुरा पूरा गर्ने मान्यतामा विश्वास राख्ने व्यक्ति भएको पुनः स्मरण गराउदै मन्त्री कार्कीले जनसमर्थनबाट लगातार दोस्रोपटक निर्वाचित हुनेमा आफू ढुक्क रहेको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








