इनरुवा । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सवै उम्मेदवारहरु चुनावी मैदानमा छन् । उम्मेदवारहरुले आफ्नो बल बुताले भ्यएसम्म चुनावी कसरत गरिरहेका छन् । मतदता सामुन्य कोही विकासका कोही समृद्धिका त कोही रोजगारका नारा लिएर गईरहेका छन् । अहिले गाउँदेखि सहर सम्म चुनावी चर्चा मात्र सुन्न पाईन्छ । चिया पसल देखि मानिसको जमघट हुने ठाउँमा चुनावी चर्चा मात्र भएको सुन्न पाईन्छ । अब कस्ले जित्छ ? कस्ले हार्छ ? यि र यस्तौ चर्चा सुन्न थालिएको छ । सुनसरी–४ मा समेत यस्तै चर्चा चलिरहेको छ । त्यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र विपक्षी गठबन्धनबाट एमालेका जगदीशप्रसाद कुसियत चुनावी मैदानमा छन् । २५ जना उम्मेदवार रहेको सुनसरी–४ मा मुख्य रुपमा कार्की र कुसियतबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । दुई बीचको प्रतिस्पर्धामा समेत कुसियतलाई कार्की भारी पर्ने देखिन्छ । गत स्थानिय तहको चुनावको नतिजा हेर्ने हो भनेपनि कार्कीको जित पक्का जस्तै छ । बिचमा कुनै चमत्कार नभए कार्कीले नै प्रतिनिधि सभाको चुनाव जित्ने देखिन्छ ।कार्कीले च्ुनाव जित्ने धेरै आधारछन् । त्यसमा ८ आधारको बारेमा चर्चा गरौँ ।
गठबन्धन

ज्ञानेन्द्र बहादुर कार्की सत्ता गटबन्धनको सझा उम्मेदवारका रुपमा मैदानमा छन् । २०७४ को निर्वाचनमा सिङ्गल–सिङ्गल लड्दा पनि जित हात परेका कार्कीले यो पटक सिधै जित्न सक्ने देखिन्छ । कार्कीले ०७४ मा ३२ हजार ३४७ मत ल्याएका थिए । बाम गठबन्धनका सझा एमालेका उममेदवारले त्यस बेला २५ हजार ७५० ल्याएका थिए । अहिले माओवादी एमालेको साथमा छैन । अहिले कांग्रेसलाई सघाएको छ । त्यो माथिपनि एमालेसँग छुटेर नेकपा एकीकृत समाजबादीले समेत एमालेलाई हराउने लाग्ने देखिन्छ । त्यसले गर्दा कार्की सेभ जोनमा छन् ।
आफ्नो क्षेत्रमा विकास

कार्कीले अफ्नो निर्वाचन क्षेत्रमा विकस गर्न कुनै कसर छाडेका छैनन् । अन्य नेता जस्तो कार्की सुनसरी–४ मा जन्मिएका नेता होइन्न तर उनले सुनसरी–४ मा जन्मिएका नेताले भन्दा बढी विकास गरेका छन् । विजुली नपुगेको क्षेत्रमा विजुली पुराएका छन् । बाटो नपुगेको क्षेत्रमा बाटो पुराएका छन् । लौकहीमा पचास करोडको लागतमा कार्कीको अगुवाइमा पुर्व क्षेत्रकै ठुलो टाउन हल बन्दै छ । श्रीलंका टप्पुमा बिजुली बत्ती पुराएका छन् । बराहक्षेत्रमा आधुनीक सम्पन्न हस्पिटल बनाउने सम्झौता तयारीमा छ । सुनसरी–४ को महत्वपूर्ण समस्या कोसी समस्या समाधान गर्न पहल गरिरहेका छन् । त्यही क्षेत्रबाट सप्तकोसीमा पुल बन्ने डिपिआर अध्ययन हुँदै छ । लगाएका थुप्रै कामहरु कार्कीले कगरेको कारण त्यहाका मतदाता सन्तुष्ट देखिन्छन् । ०७४ भन्दा अगाडिको सुनसरी–४ र ०७४ पछाडिको सुनसरी–४ मा धेरैनै फरक छ । बिकासले गति लिएको छ । अफु भगवान नभएको र अफुले ५ वर्षमै कया पलट गर्न नसक्ने तर फेरी ५ वर्ष पाए सुनसरी–४ को मुहार फेर्ने कार्की बताउछन् ।
जनाताको घर धेरै धाउने

एक पटक जिते पछि अफ्नो निर्वाचन क्षेत्र कहिले नर्फकीने परिपाटी रहेको छ । तर ज्ञानेन्द्र बहादुर कार्की जनताको घर धाउने कुनै कसर बाकी राख्दैन्न । देशको मन्त्री हुँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा भएको सानो भन्दा सानो कार्यक्रममा पनि सहभागि हुन पुग्ने गरेका छन् । चक्ररघट्टी जेसिजको कार्यक्रम होस् या त निर्वाचन क्षेत्रमा खेलकुद कार्यक्रमा समेत कार्की पुग्ने गरेका छन् । यसरी जादा उनले धेरै जतनातको घर धाउने नेताको उपाधि समेत पाएका छन् । आफ्नो क्षेत्र आउदा पनि जनताको आगन टेकेरै बोलेरै जान्छन् । मतदाताले पनि उनलाई यसरी अफ्नो निर्वाचन क्षेत्र आउनु सकारात्मक रुपमा लिएको बताउदै आएका छन् ।
लोकप्रिय छवी

कार्की अफ्नो क्षेत्रमा निकै लोकप्रिय छवी बनाएका छन् । जनताको घर धाएर होस् या त विकास निमार्णका काम गरेर होस् । उनले सुनसरी–४ मा ०७४ को चुनाव जितेका दिन देखिनै लोकप्रिय नेताका रुपमा चिनिएका छन् । उनले संसद् भएर पाएको पारिश्रमीक छात्रबृति दिने देखि आफ्ने क्षेत्रबाट कुनै योजना लिएर मन्त्रालय सम्म आउने व्यक्तिलाई अफुले दिन नमिल्ने भएपनि अर्को कुनै स्रोतबाट सहयोग गेर्न गरेका छन् । त्यस्तो अबस्थामा उनले कहिले पार्टी हेरेका छैनन् । यस्ता साना साना काम गरेर उनी अफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेताको रुपमा चिनिएका छन् । यी नै लोकप्रियताको कारणले गर्दा उनलाई मतदाताले मतदान गर्ने छन् ।
मन्त्रिको पहिचान

कार्कीले अहिले २ वटा मन्त्रालय समालि रहेका छन् । एउटा सुचना तथा सञ्चार र अर्को कानून मन्त्रालय समालि रहेका छन् । उनको मन्त्रिको पहिचानका कारणले गर्दा पनि उनलाई मतदाताले पत्याउने छन् । मन्त्रि भए आफ्नो क्षेत्रमा विकासका योजना ल्याउन सक्ने मतदातामा विश्वास छ । उनको पार्टी नेतृत्वमा पनि राम्रो पकड भएकाले गर्दा कार्की मन्त्री नै नभएपनि अफ्नो क्षेत्रमा बजेट ल्याउन सक्ने भएकाले मतदाताले उनलाई जिताने बताउछन् ।
कांग्रेसको पकड क्षेत्र

सुनसरी–४ नेपाली कांग्रेसको विगत देखिकै पकड क्षेत्रको रुपमा चिनिदै आएको छ । यहाँ बिपी कोइरालाले संगठन गरेर कांग्रेसलाई मलिलो बनाइदिएको यस् क्षेत्रमा गिरिजाप्रसाद कोइरालाले चुनाव लडे । चुनाव जितेर गएका नेता कोइराला देशको प्रधानमन्त्री बने । त्यस्तै यसै क्षेत्रबाट उपेन्द्र यादब उपप्रधानमन्त्री बने थिए । यसरी हेर्दा यो क्षेत्र कांग्रेसको पकड क्षेत्रको रुपमा देखिन्छ । यहँ कांग्रेका मतदाता बडी छन् । यो क्षेत्रमा कांग्रेस एकल बलीयो रुपमा छ । कांग्रेस बलीयो भएको गत स्थानिय तहको चुनावले पनि देखाएको छ । त्यसरी हेर्दा आफै बलियो भएको कांग्रेसलाई गठबन्धनको साथ छ । त्यसले गर्दा कार्कीले जित्ने कक्क जस्तो छ ।
कम्जोर प्रतिस्पर्धि

सुनसरी–४ मा २५ जनाको उम्मेदवरी परेको भएपनि यहाँको मुख्य प्रतिस्पधा एमाले र कांग्रेस बीच नै हुने हो । तर एमालेको कम्जोर प्रतिस्पर्धि जगदीशप्रसाद कुसियत भएको कारण पनि कार्कीलाई चुनाव जित्न सहज भएको छ । कुसियत ०७४ को प्रदेश सभामा निर्वाचन भएपनि अफ्नो क्षेत्रमा केही गर्न नसकेको आरोप छ । त्यसले गर्दा उनको जनाआधार अहिले त्यति राम्रो छैन । अन्य प्रतिस्पर्धिले कार्कीलाई टकर दिने अबस्था छैन । चुनाव जिताएर पाठाएर मात्र केही नहुने यहाको मतदाताको बुझाई छ । कुनै मन्त्रालय समाल्न पाएमा मात्र अफ्नो क्षेत्र बनाउने यस क्षेत्रका मतदाताका बुझाईका कारणले नै कार्कीलाई सहज हुने देखिन्छ ।
विद्रोही मिलाउन सक्ने खुवी

कांग्रेसको महादिवेसन मा होस् या त स्थानिय हतको वा प्रदेश सभाको टिकट दिने वषयमा केही बिवाद जस्तो देखिएको छ । आफुलाई टिकट नदिएको भन्दै कांग्रेका नेताहरुले बागी उम्मेदवारी पनि दिएका छन् । तर कार्की विद्रोही नेतालाई समेत मिलाउन सक्ने खुवी राख्छन् । कार्कीले सुनसरी–४ मा प्रदेशमा समेत कांग्रेसलाई नै टिकट दिलाएका छन् । केही नेता असन्तुष्ट रहेपनि उनले लास्ट आवर सम्ममा तिनिहरुलाई मिलाउन सक्ने खुवी रहख्छन् । टिकट नपाएको कारण केही नेता निस्कृय रहेको देखिएपनि उनले निरन्तर सम्पर्कमा बढाई रहेका छन् । त्यसले गर्दा केही दिनमा उनीहरुलाई सम्पर्कमा ल्याएर मिलाउने र चुनावमा खटाउनी नीतिका साथ कार्की अगाडि बढेका छन् । त्यसरी हर्दा कार्कीले निर्वाचन जित्ने पक्का जस्तो देखिन्छ ।








