ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

प्रतिस्पर्धा गर्न होइन, विकास गर्न आएको हुँ : मन्त्री कार्की

आवर कोशी by आवर कोशी
कार्तिक १७, २०७९
प्रतिस्पर्धा गर्न होइन, विकास गर्न आएको हुँ : मन्त्री कार्की
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका सूचना,सञ्चार प्रविधि एवं कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू विकास गर्न आएको बताएका छन् । कोसी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू कसैसँग प्रतिस्पर्धा गर्न नभई विकास गर्न आएको बताएका हुन । नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक बाम गठबन्धनले सुनसरी क्षेत्र नम्बर ४ मा चुनाव जितिसकेको दाबी गर्दै मन्त्री कार्कीले संविधान रक्षा गर्दै विकास र समृद्धि ल्याउन आफूहरूले जित्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री कार्कीले पाँच वर्षको अवधिमा आफूले गरेका कामका विषयमा जनतासामु प्रचारप्रसार गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा भएको पनि स्पष्ट पारेका थिए । गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उनको दाबी थियो। गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने कार्कीले बताए ।

उनले देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा गठबन्धन लागि पर्ने बताए । “विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना सरकारले बनाउने छ । नेपाली काँग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले गर्ने भनेको छ। हाल ६८ वर्ष भए पछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराउनेछ” उनले भने  । लोकतान्त्रिक वाम गठबन्धनको वडा समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले भने भोटको लागि जातीय सद्भावलाई बिगार्न तत्त्वहरू सक्रिय बन्दै गएका छन् । सबै मिलेर त्यस्तो तत्त्वहरूलाई पराजित गर्नु पर्छ । नेपाल वहुजाती, वहुभाषी, वहुधार्मिक, बहु सांस्कृतिक मुलुकको हो । सुनसरी ४ मा पनि बहुजाति, बहुधार्मिक, बहुभाषिक नागरिकहरूको बसोबास रहेको छ । सबैलाई सम्मान र सबैले अपनत्व हुने जनप्रतिनिधि आवश्यक पर्छ । झुट बोल्ने, सद्भाव बिथोल्ने विरुद्ध होसियार हुन समेत कार्कीले आग्रह गरे । निर्वाचनमा जनताले सुनसरी ४ मा काँग्रेसलाई विजय गराउने दाबी गरेका कार्कीले देशमा अस्थिरता, अराजकता र गफ गर्ने भन्दा काम गर्ने राजनैतिक दललाई मतदान गर्नु पर्ने बताएका थिए । नेपाली काँग्रेस सहित लोकतान्त्रिक वाम गठबन्धनको उम्मेदवारलाई मतदान गरेर प्रतिगमनको मतियार नेकपा एमालेलाई दण्ड दिनुपर्ने कार्कीको भनाई रहेको थियो ।

कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनबाट प्रदेश सभा १ मा उम्मेदवार बनेका काँग्रेसका सदानन्द मण्डलले बिकासको लागि काँग्रेसलाई मतदान गर्नु पर्ने बताएका थिए । उनले झुटको खेती गर्ने तत्त्वहरूलाई जनताले पराजित गर्नुपर्ने बताए । उक्त कार्यक्रम मन्त्री कार्कीको प्रमुख आतिथ्य तथा लोकतान्त्रिक बाम गठबन्धन प्रचारप्रसार संयोजक कोसी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष मिन्तुल मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट रेवतीरमण दुलाल,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी,नेपाली कांग्रेस कोसी सभापति सुलेमान मन्सुरी,बलराम क्षेत्री,सर्जुग सरदार,कमरुद्दिन मियाँ,जगदीश कामैत,रघुनाथ पौदार,नेकपा माओवादी केन्द्रको तर्फ सुनसरी जिल्ला अध्यक्ष पप्पु मण्डल,पन्चनारायण मण्डल,लक्ष्मण दहियार,तजमुल मन्सुरी,नेकपा एसको तर्फबाट श्यामदेव चौधरी,उमेश यादवलगायतको उपस्थिति रहेको थियो ।

Tags: ज्ञानेन्द्रबहादुर कार्कीसुनसरी ४

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.