इनरुवा । आगामी मंसीर ४ गते हुन गैरहेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका ज्ञानेन्द्रबहादुर कार्की मतदाता माझमा लोकप्रिय बन्दै जानुभएको छ् । जनताका घरदैलोमा गएर भेटघाट गर्नुहुने उहाँलाई यतिबेला मतदाताहरुले जितको आशिर्वाद दिईरहेका छन । २०७४ सालमा निर्वाचित गराएपछि सुनसरी क्षेत्र नम्बर ४ मा चौतर्फी विकास निर्माणकार्यले गति लिएको भन्दै मतदाताहरुले आफ्ना आशा, अपेक्षा र हरेक समस्याको सामाधान कार्कीको जितवाट सम्भव हुने बताउँछन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट पुनः उम्मेदवारी दिनुभएका कार्कीसँगै प्रदेशसभा क बाट उम्मेदवारी दिनुभएका सदानन्द मण्डल र ख बाट उम्मेदवारी दिनुभएका हाजी डाक्टर इसराइल मन्सुरीलाई मतदाता भन्छन्, “तपाईहरु जित्नु पर्छ, अनिमात्र यस क्षेत्रको विकास हुुन्छ र गाँउको मुहार फेरिन्छ । तपाईको जीत नै जनताको जित हो” । जनताका माझ घरदैलो कार्यक्रम गर्ने क्रममा कोसी गाउँपालीका क्षेत्रका स्थानीयले विगत चारको वर्षको अवधिमा भएका विकास निर्माणकार्यबाट सन्तुष्ट रहेको बताउदै पुनः जनभावनाअनुसार विकास निर्माणकार्य गर्ने कार्कीलाई मतदान गर्न आफूहरू उत्साहित भएको स्थानीय मतदाता रामदेव साहले बताउनुभयो ।

आफू प्रतिस्पर्धा गर्न नभई विकास गर्न सुनसरी क्षेत्र नम्बर ४ मा आएको हुँदा कोरोना महामारीका बाबजुद तीनवर्षमा आफ्नो पहल र प्रयासमा भएका विकास निर्माणकार्यका कारण आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार कार्कीले बताउनुभयो । जनता अब कसैको झुठो आश्वासनमा विश्वास नगर्ने र विकास र समृद्धि चाहेका कारण आफ्नो जितका लागि लोकतान्त्रिक वाम गठवन्धनले मात्र नभई सम्पूर्ण क्षेत्र लागिपरेको उहाँले दाबी गर्नुभयो । आफ्नो जितले हरेक वर्ग,जातजाति,समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउँदै उहाँले यस क्षेत्रका बेरोजगार यूवाहरुलाई रोजगारको सृजना गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने भनी प्रतिवद्धता गर्नुभयो ।उहाँले सुनसरीको क्षेत्र नम्बर ४ मा रिङ्ग रोडको निर्माण गर्ने, विदेशिएका यूवाहरुलाई आफ्नै ठाँउमा काम गर्ने वातावरण तयार गर्ने र समाज र देशको आर्थिक विकासमा योगदान दिन ठोस कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा भएको पनि स्पष्ट पार्नुभएको छ । गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उहाँको भनाइ छ । गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने कार्कीले बताउनुभयो । “विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना सरकारले बनाउने छ । नेपाली काँग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले गर्ने भनेको छ। हाल ६८ वर्ष भए पछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराउनेछ” उहाँले भन्नुभयो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








